सात मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

सात मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

काठमाडौं : केपी ओली नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ। बिहीबार नियुक्त सात मन्त्री र एक राज्यमन्त्रीले शपथ लिएसँगै ओली सरकारले पूर्णता पाएको हो।  राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारी सात मन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी छन्। बिहीबार नै प्रधानमन्त्री ओलीले एक राज्यमन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएसँगै ओली नेतृत्वको सरकारले पूर्णता पाएको हो।

ओलीले बिहीबार जनता समाजवादी पार्टी (जसपा) र पूर्वमाओवादी खेमाका नेतालाई मन्त्री बनाएका हुन्।  ओलीले मन्त्री र राज्यमन्त्री गरी थप आठ जनालाई सहभागी गराई २५ सदस्यीय मन्त्रिपरिषद्लाई पूर्णता दिएक हुन् ।यही जेठ ८ गते प्रतिनिधिसभाको विघटनपछि यो दोस्रो पटक मन्त्रिपरिषद्को विस्तार हो । विस्तारित मन्त्रिपरिषद्मा रक्षा मन्त्रालय प्रधानमन्त्री केपी शर्मा ओलीले राखेका छन् ।

बिहीबार गृहमा खगराज अधिकारी, उद्योग, वाणिज्य तथा आपूर्तिमा राजकिशोर यादव, सञ्चार तथा सूचना प्रविधिमा नैनकला थापा, कृषि तथा पशुपछी विकासमा ज्वालाकुमारी साह, वन तथा वातावरणमा नारदमुनि राना, सङ्घीय मामिला तथा सामान्य प्रशासनमा गणेशकुमार पहाडी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने गरी मोहन बानियाा मन्त्रीको रुपमा शपथ लिएका छन् । प्रधानमन्त्री ओलीले आशाकुमारी विकलाई वन तथा वातावारण मन्त्रालयको राज्यमन्त्री नियुक्त गरेकी छन् ।

प्रतिक्रिया