कर्णाली नदिमा पानीको बहाब बढ्यो

कर्णाली नदिमा पानीको बहाब बढ्यो

दैलेख : लगातारको बर्षातपछि कर्णाली नदिमा पानीको बहाब बढेको छ । पानीको बहाब बढेसँगै दैलेखको नदि छेउछाउका बस्तीहरुमा जोखिम बढेको  छ । कर्णाली नदि किनारमा रहेका बस्तीहरु जोखिममा परेको स्थानीय बताउँछन् । नदिमा पानीको बहाब बढेपछि नदि किनारमा रहेका बस्तीहरु जोखिममा परेको छ ।

यता जिल्ला प्रशासन कार्यालय दैलेखले जिल्लाभरका सर्वसाधरणहरुलाई सतर्क रहन आग्रह गरेको छ । दैलेख जिल्लास्थित कर्णाली नदि, लोहोरे, छामघाट, रामाघाट, कट्टी, पादुका खोला लगाएतका नदि र खोलामा पानीको बहाब बढ्न गई तटिय क्षेत्रमा बाढी आउन सक्ने र भिरालो ठाउँमा पहिरो जानसक्ने जोखिम रहेको प्रशासनले जनाएको छ । प्रशासनले तटिय क्षेत्र र भिरालो ठाउँमा बस्ने नागरिकहरुलाई सम्भावित विपद्को जोखिम न्यूनिकरणका लागि उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

जल तथा मौषम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको प्रक्षेपण अनुसार यस बर्षको मनसुन लामो अवधीसम्म रहने देखिन्छ । दैलेख प्रशासनद्धारा जारी सूचनामा यस बर्ष धेरै बर्षात हुने र जसका कारण धनजनको ठूलो क्षती हुनसक्ने सम्भावना देखिएको उल्लेख   छ ।

तस्विरहरु : रमेश रावत

 

प्रतिक्रिया