दलितलाई कोठा नदिएकाे आराेपमा घरबेटी पक्राउ

दलितलाई कोठा नदिएकाे आराेपमा घरबेटी पक्राउ

काठमाडौँ : दलित भएको भन्दै कोठा भाडामा दिन नमान्ने काठमाडौंकी एक घरबेटीलाई प्रहरीले पक्राउ गरेको छ ।आइतबार काठमाडौंको बबहरमहलबाट घरबेटी सरस्वती प्रधानलाई पक्राउ गरिएको काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंहले बताए ।

दलित भएको भन्दै आफूलाई प्रधानले कोठा भाडामा नदिएको भन्ने रूपा सुनारको उजुरीपश्चात् प्रधानलाई पक्राउ गरी जिल्ला अदालतमा उपस्थित गराइएको एसएसपी सिंहले बताए । रूपाले केही दिनअघि मात्रै सामाजिक सञ्जालमार्फत जातकै आधारमा आफूमाथि भेदभाव भएको विषय सार्वजनिक गरेकी थिइन् ।

प्रतिक्रिया