रहेनन् कांग्रेस नेता गिरी

रहेनन् कांग्रेस नेता गिरी

दैलेख : नेपाली कांग्रेस सुर्खेतका नेता वेदु गिरीको निधन भएको छ । नेपाली कांग्रेस भेरीगंगा नगरपालिकाका नगर सभापति गिरीको उपचारको क्रममा शनिवार निधन भएको हो । गिरी काठमाडौंको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका थिए ।

पारिवारीक स्रोतका अनुसार केही समय पहिला एपेण्डीसाइटको अप्रेशन गरेका गिरीको सोही घाउबाट क्यान्सर भएको थियो । उनलाई कोरोना संक्रमणसमेत देखिएको थियो । ४८ वर्षीय गिरी भेरीगंगा नगरपालिका–१२, छिन्चुका स्थायी बासिन्दा हुन् । गिरीको निधनसँगै कांग्रेसले एक कुशल राजनीतिज्ञ गुमाएको छ ।

गिरी पञ्चायतकालदेखि राजनीतिमा सक्रिय थिए । १३ वर्ष तरुण दल सुर्खेतको सभापति भएका उनी नेपाली कांग्रेसको आसन्न महाधिवेशन प्रतिनिधिसमेत हुन् ।

गिरीले विद्यार्थी राजनीति हुँदै पार्टी राजनीति सुरू गरेका थिए । यहीँ असार ६ गते नेपाली कांग्रेसका पूर्व सभापित तप्त विष्टको पनि कोरोना संक्रमण भए पछि उपचारकै क्रममा काठमाडौंको मेडिसिटी अस्पतालमा निधन भएको थियो ।

प्रतिक्रिया