दैलेख जिल्ला अदालतको प्रगती समिक्षा

दैलेख जिल्ला अदालतको प्रगती समिक्षा

दैलेख : जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेले कानून व्यवसायी, पत्रकार र समुदायका सबैको सहयोगले न्याय सम्पादनको काममा अदालतलाई सकारात्मक सहयोग पाएको बताएका छन् । मंगलवार दैलेख जिल्ला अदालतको प्रगति समीक्षा कार्यक्रममा बोल्दै उनले यो सहयोगको निम्ति धन्यवाद दिएका हुन् ।

प्रगति समीक्षा कार्यक्रममा श्रेस्तेदार अधिकृत इन्द्रबहादुर कार्कीले अघिल्लो आर्थिक वर्षका एक सय २८ वटा मुद्दा जिम्मेवारी सरेका र नयाँ दर्ता भएका दुई सय ९७ वटा कुल चार सय २५ मुद्दा चलेकामा त्यस मध्ये दुई सय ४३ वटा मुद्दा फैसला भएका र एक सय ८३ वटा मुद्दा बाँकी रहेका जानकारी दिए ।

श्रेस्तेदार अधिकृत कार्कीले अदालत आइसकेका देवानी मुद्दामा विवादका पक्षहरुवीच सम्भावना देखिएका ७१ वटा मुद्दा मेलमिलापका लागि पठाइएका मध्ये १२ वटामा मेलमिलाप भएका, ४४ वटा असफल भएका र १५ वटा मेलमिलाप प्रक्रियामा रहेका बताए । उनले २ वर्ष नाघेका मुद्दाको संख्या शून्यको स्थितिमा रहेको, २३ वटा बाल बिज्याइएको मुद्दामा ९ वटा फैसला भएको, बैतनिक वकील मार्फत ९६ वटा मुद्दा लेखिएको ४१ वटामा बहस पैरबी भएको जानकारी दिए ।

प्रतिक्रिया