यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको सवालमा छलफल

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको सवालमा छलफल

दैलेख : जिल्लाको गुराँस गाउँपालिकामा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको सवालमा छलफल गरिएको छ । बुधवार गुराँस गाउँपालिका, निलहिरा समाज (ब्लु डाइमण्ड सोसाइटी) र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखबीच यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको सवालमा छलफल गरिएको हो ।

छलफलमा गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओली, विभिन्न वडाका वडाध्यक्ष, सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका संस्थापक अध्यक्ष हीरासिंह थापा, निलहिरा समाजका प्रतिनीधिहरु सहभाथि थिए ।

May be an image of 4 people, people sitting, people standing and indoor

छलफलका क्रममा गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रमा पछाडी परेका यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुलाई गाउँपालिकाले मासिक दुई हजार रुपैयाँ भत्ता उपलब्ध गराउने नीति पारित भईसकेको  बताए ।

May be an image of 6 people, people sitting and indoor

सोहि अबसरमा यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुको संरक्षण र सामाजिक सुरक्षाका लागि मासिक भत्ता उपलब्ध गराउने नीति लिएको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीलाई दोसल्ला ओडाएर सम्मान समेत गरिएको थियो ।
त्यसअघि निलहिरा समाज (ब्लु डाइमण्ड सोसाइटी) र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखबीच यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको सवालमा छलफल भएको थियो ।

प्रतिक्रिया