स्मार्ट लकडाउन कार्यान्यन गरिंदै

स्मार्ट लकडाउन कार्यान्यन गरिंदै

दैलेख : जिल्लास्तरीय कोभिड संकट व्यवस्थापन समितिले दैलेखमा स्मार्ट लकडाउन कार्यान्वय प्रभावकारी गराउने निर्णय गरेको छ । समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलको अध्यक्षतामा मंगलवार दैलेखमा बसेको बैठकले उच्च स्वास्थ्य सावधानीका साथ आर्थिक गतिविधि सञ्चालन गरिने निर्णय गरेको हो ।

‘भीडभाड’ रोकथाम, ‘भेण्टीलेटर’ को उचित व्यवस्थापन गरी संक्रमितहरुको उपचार गर्ने र ‘भौतिक दूरी’ कायम गरेर कोरोना रोकथामका उपायहरुको प्रयोग गर्ने नेपाल सरकारको परिपत्र अनुसार मार्ट लकडाउन कार्यान्वय गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद देवकोटाले बताए ।

कोरोना रोकथामका लागि प्रहरीले बाटो हिंड्ने सबैलाई अनिवार्य मास्क अभियान सञ्चालन गरेको र स्थानीय तह, नागरिक समाज र सबैले सचेतना अभियानलाई सघाउनुपर्ने दैलेखका प्रहरी प्रमुख (डिएसपी) अनुपम श्रेष्ठले आग्रह गरे ।

राजनीतिक दलका बिरोध प्रदर्शन कार्यक्रमहरुले कोरोना संक्रमण जोखिम बढेको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख थीरप्रसाद रेग्मीले टिप्पणी गर्नुभयो । स्थानीय तहहरुले कोरोना परीक्षण दायरा बढाउनुपर्ने रेग्मीको सुझाव छ ।
विहान ६ बजेदेखि साँझ ६ बजेसम्म बजार खुल्ने असार १७ गतेको निर्णयलाई कोभिड संकट व्यवस्थापन समितिले निषेधाज्ञा लागि निरन्तरता दिएको छ ।

प्रतिक्रिया