सोसेक नेपालको अध्यक्षमा हीरासिंह थापा

सोसेक नेपालको अध्यक्षमा हीरासिंह थापा

दैलेख : सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको अध्यक्षमा हीरासिंह थापा चयन भएका छन् । शुक्रवार सम्पन्न सोसेकको २४ औँ साधारण सभा, बार्षीक उत्सब तथा ९ औँ अधिवेशनबाट अध्यक्षमा थापा चयन भएका हुन् । संस्थापक अध्यक्ष समेत रहेका थापा अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

साधारण सभाले सदस्यहरुमा हस्तराज अधिकारी, कमला चन्द, मञ्जु कुमारी खड्का, कमला कुमारी नेपाली (बादी), कमला कुमारी शर्मा, मनसरा थापामगर, महेन्द्रकुमार कार्की र सुजन न्यौपाने चयन भएको निर्वाचन समितिले जनाएको छ । कार्यसमितिको बैठकले समितिको उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष पदको लागि जिम्मेवारी तोक्ने निर्णय गर्नेछ ।

प्रतिक्रिया