भ्रष्टाचारको विरोध सबैले गर्छन, तर भ्रष्टाचार गर्न कसैले छोड्दैनन् बास्तोला

भ्रष्टाचारको विरोध सबैले गर्छन, तर भ्रष्टाचार गर्न कसैले छोड्दैनन्  बास्तोला

दैलेखमा आयोजित देशको वर्तमान राजनीतिक संकट र यसको समाधान विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता बास्तोला । तस्विर : ज्वाला सन्देश।

दैलेख : नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका केन्द्रिय सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले नेपालमा भ्रष्टाचारको झन–झन बढ्दै गएको बताएका छन् । पार्टी जिल्ला समिति दैलेखले आयोजना गरेको देशको वर्तमान राजनीतिक संकट र यसको समाधान विषयक बृहत अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै बास्तोलाले नेपालका हरेक व्यक्ति भ्रष्टाचार गर्न बाध्य भएको समेत बताए ।

पार्टीका विदेश विभाग प्रमुख समेत रहेका नेता बास्तोलाले भने ‘देशमा भ्रष्टाचारको विरोध नगर्ने कोही पनि छैन् तर भ्रष्टाचार गर्न कसैदे छोडेको छैन् ।’ नेता बास्तोलाले नेपालमा कम्युनिष्ट भनिनेहरु सबै भन्दा भ्रष्ट भएको ठोकुवा गरे । वडासदस्यदेखि प्रधानमन्त्रीसम्म भ्रष्टाचारमा चुर्लुम्म डुबेको उनको आरोप छ । नेपालको संसदीय व्यवस्था नै भ्रष्टाचारी भएको नेता बास्तोलाको भनाई छ ।

उनले नेपालका सांसदहरु गल्लीका भिकारी भएको समेत टिप्पणी गरे । ‘नेपालका सांसदहरुको काम भनेकै प्रधानमन्त्रीलाई भोट दिने, मन्त्री चुन्ने र टेबल ठोक्ने मात्र भयो,’ उनले भने ‘त्यसपछि गल्लीका भिकारी जस्तै गरि प्रधानमन्त्री र मन्त्रीलाई नमस्कार गर्दै बजेट माग्दै हिड्ने सांसदहरुले आफ्नो जिम्मेवारीबारे थाहा नै पाएका छैनन् ।’ विकास गर्ने काम सांसदको नभएको नेता बास्तोलाले बताए ।

अर्को प्रसंगमा नेता बास्तोलाले वर्तमान अवस्थामा नेपाली जनता सुखी र समृद्ध हुनुपर्नेमा देश नै अकल्पनीय रुपले टाट पल्टिने अवस्थामा पुगेको बताए । ‘नेपालका शासकहरु आफ्ना नागरिकहरुलाई रोजगारी दिएका छौ भन्छन् तर देशका युवा जत्ति विदेशमा छन्,’ नेता बास्तोलाले भने ।

उनले सरकारले नै देशका युवाहरुलाई दासका रुपमा खाडी मुलुकमा पठाएको आरोप समेत लगाए । अर्को प्रसंगमा नेता बास्तोलाले नेपाली समाज अपराधतीर धकेलिएको बताउँदै नेपालमा राजनीतिज्ञले राजनीतिलाई फाइदाजनक व्यापार बनाईएको उल्लेख गरे ।

प्रतिक्रिया