धार्मिक विद्यालयलाई झुल सहयोग

धार्मिक विद्यालयलाई झुल सहयोग

दैलेख : जिल्लाको नारायण नगरपालिका–७ किमुगाउँस्थित सिद्धेश्वर महादेव मन्दिरमा सञ्चालित विद्याश्रमलाई झुल र तन्ना सहयोग गरिएको छ । सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको समन्वय तथा । राकेश इन्टरप्राइजेज काठमाडौंको सहयोगको सहयोगमा झुल र तन्ना सहयोग गरिएको हो ।

बसन्तमाला वेद विद्याश्रम (धार्मिक विद्यालय) लाई ११ वटा झुल र ११ वटा तन्ना सहयोग गरिएको हो । यसैबिच धार्मिक विद्यालयलाई साउन्ड सिस्टम पनि सहयोग गरिने बताईएको छ । धार्मिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरि झुल सहितको सामग्री सहयोग गरिएको हो ।

सोमवार सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका अध्यक्ष हीरासिंह थापा, पूर्व अध्यक्ष सिता राना, नेपाली काँग्रेस दैलेखका कोषाध्यक्ष पूर्णबहादुर खत्री, एपीवान टिभीका जिल्ला संवाददाता विशाल सुनार र ज्वाला सन्देश अनलाइनका सम्पादक हिक्मत नेपाली धार्मिक विद्यालयमै पुगेर सहयोग सामग्री हस्तान्तरण गरिएको हो ।

श्री कृष्ण जन्माष्टमीकै दिन बसन्तमाला वेद विद्याश्रम (धार्मिक विद्यालय)मै पुगेर सहयोग सामग्रीहरु हस्तान्तरण गरिएको हो । सामग्री सहयोग प्राप्त गरेपछि धार्मिक विद्यालयका सञ्चालक नहकुल खड्काले धन्यवाद ज्ञापन गरे । उनले धार्मिक विद्यालयलाई सहयोग गर्न समेत आग्रह गरेका छन् ।

प्रतिक्रिया