दाङमा खोलाले गाडी बगाउँदा चारको मृत्यु

          |   प्रकाशित मितिः बिहिबार, भदौ १७, २०७८     ::: 49 पटक पढिएको   |  

दाङ :  दाङमा बुधबार राति खोलाले कार बगाउँदा चार जनाको मृत्यु भएको छ ।नेपालगन्जबाट घोराहीतर्फ जाँदै गरेको प्रदेश ०३–०१–०२४ च ४४४० नम्बरको कारलाई घोराही उपमहानगरपालिका–४ गोग्लीस्थित सिस्नेखोलामा आएको बाढीले बगाउँदा एकै घरका दिदीबहिनीसहित चार जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए ।

मृत्यु हुनेमा घोराही–१६ सर्राकी ३२ वर्षीया सुशीला श्रेष्ठ, उनकी बहिनी ३० वर्षीया राधिका श्रेष्ठ, घोराही–१३ की ४० वर्षीया रीतामाया पुन र घोराही–१४ की ४२ वर्षीया विमला केसी छन् । श्रेष्ठ दिदीबहिनीको बुधबार राति नै शव भेटिएको थियो भने पुन र केसीको शव बिहीबार बिहान घटनास्थलबाट ३ किलोमिटर दक्षिणतर्फ घोराही–३ बेलुवामा फेला परेको थियो ।

चालक घोराही–१५ का ४३ वर्षीय नरबहादुर पुनको खुट्टा भाँच्चिएको र उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी मुकुन्दप्रसाद रिजालले बताए । कारमा चालकसहित पाँच जना सवार थिए ।



Leave a comment

Your email address will not be published.


*