राष्ट्रिय बाल दिवस : गुराँसका वडापिच्छे छुट्टा छुट्टै कार्यक्रम

राष्ट्रिय बाल दिवस : गुराँसका वडापिच्छे छुट्टा छुट्टै कार्यक्रम

दैलेख : मंगलवार ५७ औँ राष्ट्रिय बाल दिवस । “सामान्य अवस्था वा कोभिड महामारी ः बाल अधिकार संरक्षण हामी सबैको जिम्मेवारी” भन्ने मुल नारा सहित देशव्यापी रुपमा विभिन्न कार्यक्रम गरी दिवस मनाईएको छ । दिवसका अबसरमा दैलेखका विभिन्न स्थानमा छुट्टा छुट्टै कार्यक्रमहरु भएका छन् ।

जिल्लाको गुराँस गाउँपालिकाका विभिन्न वडाहरुमा पनि छुट्टा छुट्टै कार्यक्रम भएका छन् । सेभ द चिल्ड्रेन र सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको साझेदारीमा सञ्चालित सहयात्रा दोस्रो परियोजना, सोहि परियोजना अन्तरगर्तको लैंगिकता तथा समावेशीकरण परियोजनाको सहयोग तथा गुराँस गाउँपालिकाको समन्वयमा विभिन्न वडा बाल संजाल र बाल क्लबहरुको आयोजनामा दिवसीय कार्यक्रमहरु सम्पन्न भएका छन् ।

दिवसको अबसरमा गुराँस गाउँपालिका वडा नं. ४ मा वक्तृत्व कला प्रतियोगिता सम्पन्न भएको छ । सेभ द चिल्ड्रेन र सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको आर्थिक सहयोग, गुराँस गाउँपालिकाको समन्वय तथा वडा बाल संजालको आयोजनामा बाल विवाह र बाल हिंसा न्यूनिकरणका लागि बालबालिकाको भूमिका विषयक बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो । मावी र निमावी स्तरिय प्रतियोगितामा ३ वटा सामुदायिक विद्यालयका १० जना बालबालिका भाग लिएका थिए ।

मावी स्तरिय प्रतियोगितामा जेनिसा मल्ल प्रथम, पुस्कर केसी द्धितिय र सुशिल खड्का तृतिय भएका छन् । निमावी स्तरिय प्रतियोगितामा गणेश विक प्रथम, स्मृति वली, द्धितिय, तिलक वली तृतिय र टोपेन्द्रजंग शाही सान्तोना भएका छन् । वडा बाल संजालका अध्यक्ष सुशिल खड्काको अध्यक्षतामा आयोजित कार्यक्रममा नेरा आवी घोडाबासका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम बहादुर बुढाको प्रमुख आथित्यता रहेको थियो ।

यस्तै गुराँस गाउँपालिका वडा नं. ६ मा बाल विवाह र छाउपडी न्यूनिकरणमा विद्यार्थीको भूमिका विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा ९ बालक र ९ बालिका गरी १८ जना बालबालिकाहरुले भाग लिएका थिए ।
यसैगरी दिवसकै अबसरमा गुराँस गाउँपालिका वडा नम्बर १ मा जनप्रतिनीधि, वडाका कर्मचारी र बाल क्लबको उपस्थितीमा बाल विवाह न्यूनिकरणका लागि सचेतनामुलक पत्र वडाका १० वटा घरधुरीमा वितरण गरिएको छ । दिवसको अबसरमा गुराँस गाउँपालिका वडा नम्बर ७ मा बाल विवाह न्यूनिकरण सम्बन्धी सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

राष्ट्रिय बाल दिवसको अबसरमा गुराँस गाउँपालिका वडा नम्बर ३ सेरीमा “घर समाज र विद्यालयमा लैगिक समानता, आजको आवश्यकता” भन्ने मुल मर्म बोकेको हस्ताक्षर अभियान कार्यक्रम सम्पन्न भएको छ । जसमा समुदायका अभिभावक, विद्यालयका शिक्षक तथा कर्मचारी सहित बालबालिका तथा युवाले “म लिंगका आधारमा कुनैपनि विभेद गर्दिन र सहदिन भनी प्रतिबद्धता सहित हस्ताक्षर गरेका छन् ।

उक्त कार्यक्रम गुराँस गाउँपालिका ३ स्थित सरस्वती मावीस्थित सरस्वती बाल क्लबले आयोजना गरेको हो । सोहि वडाको दुर्गादेवी मावी पुलियामा कोरोना भाइरसले विद्यार्थीको पढाईमा पारेको असर विषयक वक्तृतत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

यसैबिच गुराँस गाउँपालिका वडा नम्बर ५ स्थित कृष्णमावी सानाकाँडामा बाल विवाह र छाउपडी प्रर्था न्यूनिकरणमा विद्यार्थीको भूमिका विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन भएको छ ।

प्रतिक्रिया