शिक्षक हत्या प्रकरण : धारिलो हतियार प्रयोग गरी हत्या गरेको छिमेकी महिलाद्धारा स्वीकार

शिक्षक हत्या प्रकरण : धारिलो हतियार प्रयोग गरी हत्या गरेको छिमेकी महिलाद्धारा स्वीकार

४२ बर्षिय शिक्षक नगेन्द्रबहादुर बिसीको हत्यामा संलग्न २५ बर्षीया मुना राना । तस्विर : ज्वाला सन्देश

दैलेख : दैलेखको गुराँस गाउँपालिका–८ स्थित मालिका मावी छोटेपोखरामा कार्यरत शिक्षक ४२ बर्षीय नगेन्द्रबहादुर बिसीको हत्यामा छिमेकी महिलाको संलग्नता रहेको पुष्टि भएको छ । प्रहरीको अनुसन्धानले बिसीको हत्यामा छिमेकी महिला नै संलग्न रहेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी अनुपम श्रेष्ठका अनुसार छिमेकी २५ बर्षीया मुना रानाले बिसीको हत्या गरेको पुष्टि भएको छ ।

छोटेपोखरास्थित घटनास्थलको पश्चिमपट्टी ३० मिटरको दूरीमा बसोबास गर्दै आएकी स्थानीय डम्बर खड्काको पत्नि मुना रानाले शिक्षक बिसीको हत्या गरेको स्वीकार गरेकी छिन् । मुनाले सोमवार राती साढे १ बजे व्यक्तिगत रिसिबीका कारण धारिलो हतियार प्रयोग गरि बिसीको घाटी रेटेर हत्या गरेको प्रहरी समक्ष बयान दिएकी छिन् ।

‘मुनाले शिक्षक बिसीको घाटीमा धारिलो हतियार प्रयोग गरी हत्या गरेको भनी अनुसन्धानका क्रममा स्वीकार गरेकी छिन्,’ डिएसपी श्रेष्ठले भने ‘सोहि आधारमा पीडित पक्षबाट जाहेरी दरखास्त लिई कतव्र्य ज्यान कसुुरको अनुसन्धानका लागि दैलेख जिल्ला अदालतबाट म्याद थप गरी प्रहरी हिरासतमा राखेर विस्तृत अनुसन्धान थालेका छौ ।’ प्रहरीले मुनाको कोठाबाट धारिलो हतियार लगाएतका प्रमाणहरु समेत बरामद गरेको जनाएको    छ ।

सवुत प्रमाण संकलन र खानतलासी, बराम, मुचुल्का समेतको प्रारम्भिक अनुसन्धान प्रक्रिया सम्पन्न गरी मृतक बिसीलाई धारीलो बस्तु प्रयोग गरी कर्तव्य गरी मारेको प्रारम्भिक अनुसन्धान पश्चात घटनास्थलबाट प्राप्त भौतिक प्रमाण, प्राविधिक तथा तथ्यपरक अनुसन्धानको आधारमा शिक्षक बिसी हत्यामा मुना नै संलग्न रहेको पुष्टि भएको प्रहरीले जनाएको छ ।

शिक्षक बिसी मंगलवार बिहान ७ बजे मालिका मावी छोटेपोखराको टिनको छानो भएको विज्ञान प्रयोगशाला अगाडीको बरण्डामा घाटी रेटी हत्या गरिएको अवस्थामा फेला परेका थिए । उक्त घटनाको अनुसन्धानमा जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक ईन्द्रजित सुनारको कमाण्डमा सोको अफिसर सहित प्रहरी चौकी लाँलीकाँडाको प्रहरी टोली परिचालन गरिएको थियो ।

प्रहरीले घटनास्थलबाट मृतक बिसीको मोवाइल, चप्पल बरामद गरेको थियो । प्रहरी निरिक्षक इन्द्रजित सुनारका अनुसार घटनामा संलग्न रहेको हुनसक्ने भन्दै शंकास्पद् १० जनालाई मंगलवार नै नियन्त्रणमा लिएको थियो । ती मध्ये हत्या घटनामा मुनाको प्रत्यक्ष संलग्न रहेको प्रहरीले जनाएको    छ ।

मृतक बिसी विगत १३ बर्षदेखि राहत शिक्षकको रुपमा मालिका मावीमा कार्यरत थिए । उनि सोहि विद्यालयका पूर्व विद्यार्थी समेत हुन् । मृतक बिसीका श्रीमती र दुई छोरा छन् । १९ बर्षिया सुनिल बिसी र १७ बर्षिय अंकित बिसी अध्ययनका लागि बाँकेको नेपालगंजमा बस्दै आएको पारिवारिक स्रोतले जनाएको छ । घटना भएको दिन शिक्षक बिसीको पत्नि दैलेख सदरमुकाम आएकी थिइन् ।

प्रतिक्रिया