१२ जिल्लाका सीडीओ फेरिए

१२ जिल्लाका सीडीओ फेरिए

काठमाडौँ : सरकारले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को हेरफेर गरेको छ । बुधबार गृह मन्त्रालयले १२ जनालाई जिल्लामा सरुवा गरेको छ भने चार जनालाई मन्त्रालयमा तानेको हो । मन्त्रालयलका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार घनश्याम उपाध्यायलाई ललितपुरको सीडीओ बनाएर पठाइएको छ । उनी मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख थिए । त्यस्तै, गुल्मीको सीडीओ रहेकी रुद्रादेवी शर्मालाई भक्तपुर पठाइएको छ ।

त्यस्तै, मन्त्रालयले पुण्यविक्रम पौडेललाई गुल्मी, शंकर अर्याललाई गोरखा, काशिराज दाहाललाई मोरङको प्रमुख जिल्ला अधिकारीको रुपमा खटाएको छ । मोरङको प्रमुख जिल्ला अधिकारी रहेका कोषहरि निरौलालाई मन्त्रालय तानिएका छन् । यस्तै, दीपक पहाडीलाई रामेछाप र नुरहरि खतिवडालाई संखुवासभा पठाइएको छ ।

टेकनारायण पौडेललाई मन्त्रालय तानिएको छ भने टेकराज निरौलालाई दोलखा पठाइएको छ । दोलखाको प्रमुख जिल्ला अधिकारी रहेका बासुदेव घिमिरे मन्त्रालय तानिएका छन् । आसमान तामाङलाई चितवन पठाइएको छ । त्यस्तै, कृष्णा लम्साललाई धादिङ, वीरेन्द्र यादवलाई उदयपुर र ऋषि तिवारीलाई रुपन्देही सरुवा गएिको छ ।

प्रतिक्रिया