बाल हेल्पलाइन १०९८ को प्रभावकारीता राम्रो छ : प्रमुख जिल्ला अधिकारी आचार्य

बाल हेल्पलाइन १०९८ को प्रभावकारीता राम्रो छ : प्रमुख जिल्ला अधिकारी आचार्य

कालिकाेट :  कालिकाेटका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बालबालीका प्रति संवेदनशील हुन सबै पक्षसंग आग्रह गरेका छन् ।बाल हेल्पलाईन १०९८ कालिकोटको समन्वय समितिले आयोजना गरेको बैठकको सभाअध्यक्षता गर्दै प्रमुख जिल्ला अधिकारी आचार्यले १०९८ लाई थप प्रभावकारी बनाउन सबैले सहयोग गर्नुपर्ने  बताए । बाल हेल्प लाइन १०९८ को जिल्ला सलाहकार समन्वय समिति कालिकोटका अध्यक्ष समेत रहेका  प्रमुख जिल्ला अधिकारी आचार्यले बालबालिकालाई जोखिममा पर्नबाट जोगाउन बाल हेल्पलाईनले राम्रो भुमिका खेलेको बताए।

सामाजिक सेवा केन्द्र (सोसेक) नेपालद्धारा कालिकाेटमा सञ्चालनमा रहेको बाल हेल्पलाईन १०९८ ले गएको चैत्र देखि हाल सम्म १०९८ का माध्यमबाट प्रभावकारी रुपमा काम गरीरहेको बैठकमा सहभागि सरोकारवालाले बताएका छन् । बैठकमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य, खाँडाचक्र नगरपालीकाका नगर उप-प्रमुख विजया विष्ट, कालिकोट प्रहरी प्रमुख चक्र बहादुर शाह,सोसेक नेपालका उप-कार्यकारी निर्देशक बसन्त श्रेष्ठ लगायत सरोकारवाला तथा १५ सदस्य समितिको सहभागिता रहेको हो ।

बैठकमा सहभागी सरोकारवालाले १०९८ लाई प्रभावकारी बनाउन प्रचार प्रसार गर्नुपर्नेमा जोड दिएका छन । बाल हेल्पलाईन सुरु भए यता ५ सय बढिले सेवा लिएकाे बाल हेल्प लाइन संयोजक संगिता वलीले जानकारी दिइन् । जोखिम अवस्थामा रहेका बालबालिकाको आपत्तकालिन उद्धार, राहत, मनोविमर्श, पारिवारिक पुर्नमिलन तथा सामाजिक पुर्नस्थापनाका निम्ति बाल हेल्पलाइन नम्बर १०९८ कालिकोेट जिल्लामा सञ्चालनमा ल्याईएको हाे । नेपाल सरकार, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषद्को सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले बाल हेल्पलाइन नम्बर १०९८ (दश नौ आठ) को सेवा सञ्चालनमा ल्याएको हो ।

कालिकोट जिल्लामा बाल हेल्पलाइन नम्बर १०९८ सेवा विस्तार भएसँगै कालिकोट सहित हुम्ला, जुम्ला, मुगु र डोल्पाका जोखिममा परेका बालबालिकालाई मनोविमर्श परामर्श, उद्वार, राहत, परिवारमा पुर्नस्थापना, पुर्नमिलन र आपत्तकालिन गृह सहयोगको पहुँच पुगेको छ । बाल हेल्पलाइनसँगै सामाजिक सेवा केन्द्र (साेसेक) नेपालले कालिकोट जिल्ला सदरमुकाम मान्ममा महिला र बालबालिका केन्द्र समेत सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया