राजदूत नियुक्ति फिर्ता बोलाउने सरकारको निर्णय

राजदूत नियुक्ति फिर्ता बोलाउने सरकारको निर्णय

काठमाडौँ : सरकारले केपी ओलीको पालामा भएका राजदूत नियुक्ति फिर्ता गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक तवरबाट नियुक्त भएका राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय भएको कानुन,न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

‘राजनीति तवरबाट नियुक्ति भएका सबै राजदूताहरूलाई फिर्ता बोलाउने निर्णय भएको छ,’ मन्त्री कार्कीले भने । सरकारको निर्णयसँगै अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडालगायत अन्य देशहरूमा नियुक्त भएका राजदूतहरू फिर्ता हुनेछन् ।

संयुक्त राष्ट्र संघको स्थायी प्रतिनिधि बाहेक ३० देशमा आवासीय राजदूत रहेका छन् । तीमध्ये बहराइनकी शर्मिला पराजुली ढकाल, कतारका नारद भारद्वाज, भारतका नीलाम्वर आचार्य, चीनका महेन्द्रबहादुर पाण्डे, दक्षिण अफ्रिकाका निर्मल विश्वकर्मा, जापानकी प्रतिभा राणा, बंगलादेशका डा वंशीधर मिश्र, मलेशियाका उदयराज पाण्डे, स्पेनकी दावा फुटी शेर्पा, अमेरिकाका युवराज खतिवडा, इजरायलकी इजरायलकी अञ्जान शाक्य, बेलायतका लोक लोकदर्शन रेग्मी परराष्ट्र सेवाबाट बाहिरबाट राजदूत नियुक्त भएका हुन् । उनीहरुमध्ये राप्रपाकी केन्द्रीय सदस्य हुँदा जापानका लागि राजदूत भएकी प्रतिभा राणा प्रधानमन्त्री शेरबहादुर देउवाकी सासु हुन ।

हाल अस्ट्रेलिया, बहराइन, डेनमार्क, इजिप्ट, म्यान्मार, रुस, साउदी अरब र श्रीलंकामा राजदूत खाली रहेको छ ।

प्रतिक्रिया