सहास नेपालले ग¥यो कोभिड–१९ प्रतिकार्य स्वास्थ्य सामग्री सहयोग

सहास नेपालले ग¥यो कोभिड–१९ प्रतिकार्य स्वास्थ्य सामग्री सहयोग

दैलेख : सहयोगी हातहरुको समूह (सहास) नेपालले दैलेख जिल्ला अस्पताल सहित विभिन्न स्थानीय तहमा स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को पहिलो लहरले दैलेख जिल्लालाई पनि नराम्रो प्रभाव पारेको अवस्थामा सहास नेपालद्धारा सञ्चालित नेपालको पहाडी समुदायमा खाद्य सुरक्षाको लागि जैविक विविधता तथा श्रोत व्यवस्थापन (बायोरेम) परियोजनाले संजाल संस्थाहरु स्वावलम्बी एकता समाज नेपाल र पञ्चकोशी एकता समाजसंगको समन्वयमा नारायण नगरपालिका, चामुण्डा विन्द्रासैनीनगरपालिका, भगवतीमाई गाउँपालिका, नौमुले गाउँपालिका, महाबु गाउँपालिका र भैरबी गाउँपालिकालाई स्वास्थ्य सामग्रीहरु, कोरेन्टाइनको लागि नगद आर्थिक सहयोग गरेको थियो ।

यस बर्ष पनि पुनः कोभिड–१९ को दोश्रो लहरले पहिलेको भन्दा मानब स्वास्थ्यमा बढी प्रभाव पारेको सन्दर्भमा र तेश्रो लहर पनि आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै बिमारीहरुको सुरक्षित र सहज चेक जाँचको लागि नारायण नगरपालिका, नौमुले गाउँपालिका, महाबु गाउँपालिका र भैरबी गाउँपालिकाका अस्पताल तथा आइसोलेसन सेन्टरहरुलाई स्वास्थ्य सामग्रीहरु सहयोग उपलब्ध गराएको परियोजना अधिकृत तेज कुमार राईले जानकारी दिए ।

सहासले जिल्लाको महाबु गाउँपालिकाको वडा नं.१, २ र ३, भैरबी गाउँपालिकाको वडा नं. १, २, ६ र ७ मा सोडी जर्मनी र नेपाल टिमको आर्थिक सहयोगमा नेपालको पहाडी समुदायमा खाद्य सुरक्षाको लागि जैविक विविधता तथा श्रोत व्यवस्थापन (बायोरेम) परियोजना संचालन गर्दै आएको छ ।

परियोजनाले कार्यक्षेत्रका विकासको अवसरबाट बञ्चित गरिब तथा सिमान्तकृत समुदायहरुको जीवनस्तर सुधार गर्ने उद्देश्यले समूहमा संगठित गरी पर्यावरणीय खेतीको प्रबर्धन, जैविक विविधताको संरक्षण, घर बगैंचाको व्यवस्थापन सम्बन्धी ज्ञान सीपहरुको हस्तान्तरण र गर्दै आएको छ भने जलवायु परिवर्तन तथा उत्थानशीलका क्रियाकलापहरु पनि संचालन गरिरहेको छ ।

स्थानीय तह, अस्पताल तथा आइसोलेसन सेन्टरहरुलाई सहयोग गरिएको स्वास्थ्य सामग्रीको विवरण ।

प्रतिक्रिया