दैलेखमा सोलो बाइक राइड प्रतियोगिता हुँदै

दैलेखमा सोलो बाइक राइड प्रतियोगिता हुँदै

दैलेख : कर्णालीमै पहिलो पटक दैलेखमा सोलो बाइक राइड प्रतियोगिता आयोजना गरिएको छ । यहि असोज २४ गते प्रतियोगिता सञ्चालन हुने आयोजक संस्थाले जनाएको छ । ग्रामिण सेवा समाज र सोसियल आर्मीले प्रतियोगिताको आयोजना गरेका हुन् । दसैँको अबसरमा पारेर सडक तथा सवारी सुरक्षा र ट्राफिक जनचेतनाका लागि प्रतियोगिता आयोजना गरिएको ग्रामिण सेवा समाजका अध्यक्ष जीवन शाहीले बताए ।

प्रतियोगितामा सहभागि हुन रु १ हजार रुपैयाँ ईन्ट्री शुल्क लाग्नेछ । प्रतियोगितामा प्रथम हुनेले रु ५० हजार, द्धितियले २५ हजार र तृतियले १२ हजार ५ सय रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । सहभागिहरुमध्येबाट गोलाप्रथाद्धारा एक जनालाई एउटा खसी उपहार दिइने आयोजकले जनाएको छ ।

सहभागिहरु हुनेहरुको लाइसेन्स अनिवार्य हुनुपर्ने, ट्राफिक नियमको पूर्ण रुपमा पालना गर्नुपर्ने, मादक पदार्थ तथा अन्य नसालु पदार्थ प्रयोग गरी सहभागि हुन नपाइने नियमहरु तोकिएका छन् । यस्तै सहभागिले आफ्नो लाइन भन्दा अरुको लाइनमा दाँया वा बाँया छुन पाइने छैन् ।

अन्तिम लाइन जसले अन्तिममा पार गर्नेछ, उहि व्यक्ति अर्को राउण्डको लागि छनौट हुनेछ । यदि एक समुहको १० जना मध्ये कसैले पनि रेखापार नगरेको खण्डमा जुन व्यक्ति खेलको नियममा रहि अन्तिमसम्म रहने व्यक्ति छनोट हुने आयोजकले जनाएको छ ।

 

 

प्रतिक्रिया