पीडितहरु आफै सशक्त हुनुपर्छ : सांसद् विशन्के

पीडितहरु आफै सशक्त हुनुपर्छ : सांसद् विशन्के

दैलेख : नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका साँसद पार्वती बिशुन्केले जातीय विभेद र असमानता बिरुद्ध लड्न पीडितहरु आफै सशक्त आवाज उठाउन पर्ने बताएकी छिन् । नेकपा एकीकृत समाजवादीको भ्रातृसंगठन ‘नेपाल दलित मुक्ति संगठन’को आज दैलेखमा भएको जिल्ला स्तरीय भेलालाई सम्वोधन गर्दै उनले त्यस्तो सशक्त आवाज उठाउन मुक्ति संगठनले अगुवाई गरेको प्रष्ट्याइन् ।

नेकपा एमालेभित्र मौलाएको अराजकता र व्यक्ति केन्द्रित राजनीतिक गतिविधिले त्यहाँ नेतृत्वले दलित समुदायमा माथि अन्याय र दमन गरिएको कारण प्रतिरोध गर्न छुट्टै पार्टी र दलित भ्रातृसंगठन निर्माण गरिएको साँसद बिशुन्केले बताइन् । नेकपा एकीकृतका केन्द्रीय सदस्य टेकबहादुर खाँणले जातीय विभेद लगायतका सामाजिक असमानता हटाउन गैरदलित समेतको सहयोग आवश्यक हुने उल्लेख गर्दै पार्टीले पूर्ण रुपमा साथ दिने बचन दिए ।

दलित अगुवा भेला कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरु तर्कबहादुर शाहीले उत्पीडितहरुले वर्ग संघर्ष र सामाजिक विकृति विरुद्धको आन्दोलन संगसंगै अघि बढाउनुपर्ने बताए । पार्टीका केन्द्रीय सदस्य एवं नारायण नगरपालिकाका उपमेयर सावित्री मल्लले दलितहरुको जीवन स्तर उठाउने कार्यक्रम आवश्यक रहेको    बताइन् ।
कार्यक्रममा पार्टी जिल्ला अधयक्ष बरुनाथ योगी, ‘नेपाल दलित मुक्ति संगठन’का केन्द्रीय सदस्यहरु अमर सुनार, हर्कबहादुर नेपाली, खजुरा सुजी, मनकुमारी सुनार लगायतले बोलेका थिए ।
जिल्ला भेलाले गोपाल नेपालीको अध्यक्षतामा ‘नेपाल दलित मुक्ति संगठन’को एक सय तीन सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । उपाध्यक्षद्वय दानबहादुर सुनार, अमृता नेपाली, सचिव कलम नेपाली र सहसचिव मनु सुनारलाई निर्विरोध चयन गरेको छ ।

प्रतिक्रिया