दैलेखमा बेलुका ९ बजेपछि देउसी भैलो खेल्न नपाइने

दैलेखमा बेलुका ९ बजेपछि देउसी भैलो खेल्न नपाइने

ज्वाला सन्देश संवाददाता
दैलेख : शुभदिपावली अर्थात तीहार पर्वमा खेलीने देउसी र भैलो दैलेख जिल्लाभर बेलुका ९ बजेपछि खेल्न नपाइने भएको छ । आइतवार जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गणेश प्रसाद कोइरालाद्धारा हस्ताक्षरित विज्ञप्तीमा बेलुका ९ बजेसम्म मात्रै देउसी र भैलो खेल्न पाइने उल्लेख छ ।

‘तीहार पर्व नेपाली संस्कृति र परम्परा अनुसार उमंग र हर्षोल्लासका साथ मनाईरहँदा यदाकदा आधुनिकताको नाममा नेपाली समाजको संस्कृति, परम्परा, मर्यादा, अनुशासन विपरीत छरछिमेक र समाजको समग्र शान्ति सुव्यवस्था नै प्रभावित हुने गरी कानून विपरितका गतिविधि समेत हुनसक्ने देखिन्छ,’ विज्ञप्तीमा भनिएको छ ‘चार्डपर्वको बेला कोरोना महामारीको संक्रमण समेत फैलिन सक्ने भएको हुँदा देउसी भैलो, नाचगान जस्ता मनोरजनात्मक कार्यहरु गर्दा स्वास्थ्यका मापदण्डहरु पालना गर्दै सुरक्षित तथा मर्यादित तबरले बेलुका ९ बजेसम्म मात्र गर्न गराउन जिल्ला बासी नागरिकहरुलाई सूचित गरिन्छ ।’

प्रशासनले पटका जस्ता प्रज्वलनशील पदार्थहरु पड्काउन र ओसारपसार नगर्न नगराउन समेत आग्रह गरेको छ । प्रशासनद्धारा जारी विज्ञप्तीमा प्रशासनद्धारा जारी सूचनाको अवज्ञा गरी कानून विपरितका कार्य गरे वा गराएमा कानून अनुसार कारबाही हुने उल्लेख छ ।

 

प्रतिक्रिया