कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान : मन्त्रीस्तरको निर्णय कार्यान्वयन नगर्न पाटन उच्च अदालतकाे अन्तिरम आदेश

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान : मन्त्रीस्तरको निर्णय कार्यान्वयन नगर्न पाटन उच्च अदालतकाे अन्तिरम आदेश

काठमाडौं: कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावललाई दिइएको कामकाज रोक्ने निर्देशन कार्यान्वयन नगर्न पाटन उच्च अदालतले अन्तिरम आदेश दिएको छ। न्यायाधीश भोजराज अधिकारीले डा. रावलको रिटमा सुनुवाई गर्दै अन्तरिम आदेश जारी गरेका हुन्।

स्वास्थ्यमन्त्री विरोध खतिवडाले डा. निमेष थापालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपति नियुक्त गरेका थिए। गत बिहीबार बसेको स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरको निर्णयले डा. थापालाई निमित्त उपकुलपतिको जिम्मेवारी दिँदै डा. रावललाई सम्पूर्ण कामकाज रोक्न निर्देशन दिइएको थियो। त्यसविरुद्ध डा. रावलले पाटन उच्च अदालतमा रिट हालेका थिए।

प्रतिक्रिया