सल्यान : कांग्रेस सभापतिमा केशबहादुर विष्ट विजयी

सल्यान : कांग्रेस सभापतिमा केशबहादुर विष्ट विजयी

सुर्खेत : नेपाली कांग्रेस सल्यानको सभापतिमा संस्थापन पक्षका केशबहादुर विष्ट विजयी भएका छन् । प्रतिद्वन्द्वी संस्थापन इतर (रामचन्द्र पौडेल) समूहका ध्रुवराज पुरीलाई ५ मतले पछि पार्दै विष्ट सभापतिमा निर्वाचित भएका हुन् । नवनिर्वाचित सभापति विष्ट जिल्ला समन्वय समिति सल्यानका प्रमुखसमेत हुन् । विष्ट ६१२ मत ल्याएर विजयी हुँदा पुरीले ६०७ मत ल्याएका छन् ।

त्यस्तै उपसभापतिमा संस्थापन पक्षका सन्तोष केसी र संस्थापन इतरका चक्र देवकोटा निर्वाचित भएका छन् । सचिवमा एकराज बुढाथोकी र प्रकाश भण्डारी निर्वाचित भएका छन् । भण्डारी संस्थापन र बुढाथोकी संस्थापन इतर समूहका हुन् । सह–सचिवमा संस्थापन इतर समूहका जनकराज गौतम र पदमबहादुर बुढाथोकी निर्वाचित भएका छन् ।

प्रतिक्रिया