महाधिवेशन प्रतिनिधिमा देउवालाई अत्यधिक मत, आरजु सर्वसम्मत

महाधिवेशन प्रतिनिधिमा देउवालाई अत्यधिक मत, आरजु सर्वसम्मत

डडेलधुरा :  प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको १४ औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । गृहजिल्ला डडेल्धुरामा भएको सातौं जिल्ला अधिवेशनबाट उनी महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् ।

मतपत्रको १९ नम्बरमा नाम रहेका देउवाले कुल ७ सय ९१ मत पाएको निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले बताए। बमका अनुसार कुल १२ सय ८४ मतदाता रहेकोमा ८ सय ४६ मत खसेको थियो । देउवाले शतप्रतिशत मत भने पाउनु भएन, अधिकृत बंमले भने।

महाधिवेशन प्रतिनिधिको खुला तर्फबाट सभापति देउवासँगै गोविन्दराज बोहरा, जगतबहादुर ऐर, जनकराज कलौनी, तारकबहादुर बुढाएर, नबलबहादुर मल्ल, नरभान कामी, नैनसिंह महर, रघुबर भट्ट र सुरेशराज जोशी विजयी हुनुभएको छ । यसैगरि डडेल्धुरा जिल्लाबाट महाधिवेशन प्रतिनिधिमा आरजू राणा देउवा सर्वसम्मत चयन भएका छन्। खुला महिलाबाट राणासहित चार जना महिला सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।

प्रतिक्रिया