दैलेखकी २६ बर्षीया मनसरा बनिन् काँग्रेस महाधिवेशन प्रतिनीधि

दैलेखकी २६ बर्षीया मनसरा बनिन् काँग्रेस महाधिवेशन प्रतिनीधि

दैलेख : नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तरगर्त अहिले जिल्ला तहको अधिवेशन चलिरहेको छ । वडा, प्रदेश निर्वाचन क्षेत्र हुँदै प्रतिनीधि सभा निर्वाचन क्षेत्रको अधिवेशन सकिएको छ । हालै सम्पन्न प्रतिनीधि सभा निर्वाचन क्षेत्रको क्षेत्रिय अधिवेशनबाट दैलेखमा २६ बर्षीया मनसरा कुमारी शर्मा (मनिषा) महाधिवेशन प्रतिनीधि निर्वाचित भएकी छन् ।

चामुण्डाविन्द्रासैनी नगरपालिका–९ की मनसरा दैलेख निर्वाचन क्षेत्र नं. २ बाट महाधिवेशन प्रतिनीधि निर्वाचित भएकी हुन् । महाधिवेशन प्रतिनीधि खसआर्य तर्फ ३ सय १४ मत प्राप्त गरिन् । २०५२ फागुन ७ गते जन्मिएकी मनसराले विद्यार्थीकालदेखिनै नेपाल विद्यार्थी संघमा आबद्ध भई नेपाली काँग्रेसको राजनीति सुरु गरेकी थिइन् ।

‘मेरो बुबा २०३६ सालदेखि नै नेपाली काँग्रेसको सक्रिय राजनीतिमा लाग्नु भयो, उहाँकै राजनीतिक संस्कारमा हुर्किएका कारण काँग्रेसकै राजनीतिमा संलग्न भए,’ उनले भनिन् ।

नेपाली विषयमा स्नातकोत्तर अध्ययनरत मनसराले राजनीतिक यात्रामा परिवारको पूर्ण सहयोग रहेको बताइन् । महाधिवेशन प्रतिनीधि निर्वाचित मनसराले ज्वाला सन्देशसँग कुरा गर्दै भनिन् ‘म सक्षम र नेपाली काँग्रेसलाई बलियो बनाउने केन्द्रिय नेतृत्व चाहान्छु, सोहि अनुसार म आफ्नो भूमिका निर्वाह गर्नेछु ।’

प्रतिक्रिया