रेखा थापालाई लक्षित गर्दै कुन्तीले भनिन्- फिल्म खेल्नजस्तो राजनीति सहज छैन

रेखा थापालाई लक्षित गर्दै कुन्तीले भनिन्- फिल्म खेल्नजस्तो राजनीति सहज छैन

राप्रपा महामन्त्रीमा कुन्ती शाही र रेखा थापा भिड्ने!

काठमाडाैं : राप्रपाको महामन्त्री पदमा उम्मेदवारी दर्ता गरेपछि कुन्ती शाहीले महामन्त्रीकै अर्की उम्मेदवार रेखा थापाप्रति लक्षित गर्दै राजनीति फिल्म खेल्न जस्तो सहज नभएको टिप्पणी गरेकी छन्। शाही अध्यक्षका उम्मेदवार कमल थापा प्यानलबाट राप्रपा महामन्त्रीको उम्मेदवार छिन्। सोही पदमा राजेन्द्र लिङ्देन समूहबाट रेखा थापा पनि उम्मेदवार छिन्। राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्।

उम्मेदवारी दर्तापछि आज भृकुटीमण्डपमा पत्रकारहरूसँग कुराकानी गर्दै शाहीले रेखालाई लक्षित गर्दै फिल्म खेल्नजस्तो राजनीति सहज नहुने बताइन्। ‘उहाँ असाध्यै भ्रममा हुनुहुन्छ, राजनीति नै थाहा छैन विचरा,’ रेखालाई लक्षित गर्दै शाहीले भनिन्, ‘राजनीति भन्ने कुरा अब थाहा पाउनु हुन्छ।’  उनले रेखालाई जनताका माझमा जान पनि आग्रह गरेकी छिन्। ‘चुनाव आउँदैछ जनताको माझमा जानुस्। फिल्म खेल्नजस्तो सहज राजनीतिमा हुँदैन,’ उनले भनिन्।

प्रतिक्रिया