विकास र समृद्धिको नेतृत्व कांग्रेसले मात्रै गर्न सक्छ : प्रधानमन्त्री देउवा

विकास र समृद्धिको नेतृत्व कांग्रेसले मात्रै गर्न सक्छ : प्रधानमन्त्री देउवा

काठमाडौँ : कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको विकास र संमृद्धिको नेतृत्व कांग्रेसले मात्रै गर्न सक्ने बताएका छन् । उनले अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था नै कांग्रेसको अगुवाईमा ल्याइएको भन्दै कांग्रेसले नै मुलुकको विकास र समृद्धिको आधारमा तय गरेको बताए ।

शुक्रबार कांग्रेसको प्रदेश नं. १ को प्रथम प्रदेश अधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले पार्टी र देशको हितका लागि यो महाधिवेशनबाट कांग्रेसलाई सुदृढ र बलियो बनाउनुपर्ने आवश्यकता रहेको बताए । ‘अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था नेपाली कांग्रेसको अगुवाईमा प्राप्त व्यवस्था हो । कांग्रेसले सबै ठूलठूला परिवर्तनको नेतृत्व गर्यो ।

मुलुकको विकास र समृद्धिको पूर्वाधार पनि कांग्रेसले नै खडा गरिसकेको छ,’ उनले भने, ‘यो महाधिवेशनबाट पार्टीलाई अझै बलियो बनाएर आगामी तीनै तहमा निर्वाचनमा कांग्रेसलाई विजयी गराउनुपर्ने दायित्व हाम्रो काँधमा छ । कांग्रेसले मात्रै यो मुलुकको विकास र समृद्धिको विकास गर्न सक्छ भन्ने प्रमाणित भइसकेको छ ।’ देउवाले महाधिवेशनबाट जनतामा मन जित्न सक्ने खालको नेतृत्व चयन गर्नुपर्ने बताए ।

प्रतिक्रिया