कांग्रेसको कर्णाली प्रदेश सभापतिमा संस्थापन पक्षका ललितजंग शाही विजयी

कांग्रेसको कर्णाली प्रदेश सभापतिमा संस्थापन पक्षका ललितजंग शाही विजयी

सुर्खेत : कांग्रेसको कर्णाली प्रदेश सभापतिमा संस्थापन पक्षका ललितजंग शाही विजयी भएका छन् । ४ सय २२ मतसहित रामचन्द्र पौडेल समूहका भुपेन्द्रजंग शाहीलाई १ सय ५ मतले पछि पार्दै शाही विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी भुपेन्द्रजंग शाहीले ३ सय १७ मत प्राप्त गरे । त्यस्तै विमलेन्द्र निधि समूहबाट उम्मेद्वारी दिएका मोतिराज बलमे ७ मत प्राप्त गरे ।

प्रदेश महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा ७ सय ७१ मतदातामध्ये ७ सय ५४ मत खसेको थियो । निर्वाचन समितिका अनुसार ८ मत बदर भएको छ । सभापति बाहेकका अन्य पदाधिकारी तथा सदस्यहरुको मतगणना जारी रहेको समितिले जनाएको छ । शाही २०७० सालमा संविधानसभा सदस्य थिए ।

प्रतिक्रिया