कर्णाली प्रदेशका पदाधिकारीमा पनि संस्थापन पक्षका निर्वाचित

कर्णाली प्रदेशका पदाधिकारीमा पनि संस्थापन पक्षका निर्वाचित

सुर्खेत : नेपाली कांग्रेसको कर्णाली प्रदेश कार्यसमितिको पदाधिकारीमा पनि संस्थापन पक्षबाटै निर्वाचित भएका छन् । सभापतिमा निर्वाचित ललितजंग शाहीको प्यानल नै पदाधिकारीमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।

प्रदेश कार्य समितिको उपसभापतिमा कालीकोटका कालीबहादुर सहकारी र जाजरकोटका सनतकुमार कार्की निर्वाचित भएका छन्। सहकारीले ४५७ मत ल्याए भने कार्कीले ४४३ मत ल्याएका छन्। महामन्त्रीमा ४२३ मतसहित कृष्णबहादुर रोकाया र ४२५ मतसहित निरञ्जन केसी निर्वाचित भएका छन्।

सह-महामन्त्रीमा खुलाबाट उपेन्द्र थापा (४३० मत) र एकराज डाँगी (४५९ मत) निर्वाचित भएका छन्।महिला कोटाबाट रामछायाँ कुमारी शाही सह महामन्त्रीमा निर्वाचित भएकी छन्। खुलाबाट सह महामन्त्रीमा निर्वाचित थापा सुर्खेतको पञ्चपुरी नगरपालिकाका मेयर हुन् भने महिला कोटाबाट निर्वाचित शाही जाजरकोटको कुशे गाउँपालिकाकी उपाध्यक्ष हुन्। सदस्यहरूको मतगणना भइरहेको निर्वाचन समितिले जनाएको छ।

प्रतिक्रिया