सीता कुमारी रानाद्धारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

सीता कुमारी रानाद्धारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

 

दैलेख : नेपाली काँग्रेसकी नेतृ सीता कुमारी रानाले पार्टीको १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएकी छिन् । नेपाल महिला संघ दैलेखको सभापति समेत रहेकी रानाले आदीबासी जनजाती महिला आरक्षण तर्फबाट कांग्रेस केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएकी हुन् ।

उनि दैलेखबाट अत्याधिक मत सहित महाधिवेशन प्रतिनिधि निर्वाचित भएकी थिइन् । उनि दैलेख निर्वाचन क्षेत्र नं. २ को क्षेत्रिय अधिवेशनबाट ४ सय ३ मत सहित केन्द्रीय महाधिवेशन प्रतिनीधि निर्वाचित भएकी थिइन् । कांग्रेस महाधिवेशन यही मंसिर २४ गतेदेखि २७ गतेसम्म काठमाडौंमा हुँदैछ ।

को हुन् सीताकुमारी राना ?

सीताकुमारी राना २०४६ सालबाट नेपाल विद्यार्थी संघ (नेविसंघ) को राजनीति हुँदै कांग्रेस राजनीतिमा आएकी हुन् । २०३३ फागुन १५ गते दैलेखको डुङ्गेश्वर गाउँपालिका–५ मा जन्मिएकी राना २०५० सालमा नेपाल महिला संघ दैलेखको उप–सभापतिमा चयन भएकी थिइन् ।

संघको उप–सभापतिको जिम्मेवारीमा रहेर निरन्तर सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक क्षेत्रमा पिछडिएका वर्गको हकहितको संरक्षण र संवद्र्धन गर्दैै आएकी राना २०७१ मा नेपाल महिला संघ दैलेखको सभापति बनेकी थिइन् ।

राष्ट्रियता, लोकतन्त्र, समाजवाद र महिला अधिकारलाई मूल आदर्श मान्दै आएको नेपाल महिला संघको सभापतिको पदमा रहेर रानाले महिला अधिकारका आन्दोलनहरुको अगुवाई गर्दै आएकी छिन् ।

उनि २०६७ सालयता निरन्तर नेपाली काँग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनीधि हुन् । हाल नेपाल महिला संघको जिल्ला सभापति रहेकी राना २०७० को संविधान सभा सभा निर्वाचन र २०७४ को प्रतिनीधि सभा सदस्य निर्वाचनमा समानुपातिक सांसदको सूचीमा थिइन् ।

विगत तीन दशकदेखि सक्रिय राजनीति गर्दै आएकी राना सामाजिक क्षेत्रमा पनि उत्तिकै क्रियाशिल हुनुहुन्छ । उनि दैलेखको अग्रणी संस्था सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको पूर्व अध्यक्ष हुन् । हाल उनि उक्त संस्थाको सल्लाहकार समिति संयोजक हुन् ।

यसबाहेक उनि सुरक्षित मातृत्व संजालको केन्द्रिय सदस्य हुन् । राना हालै नेपाल परिवार नियोजन संघको केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन् । राजनीति र सामाजिक क्षेत्रमा सक्रिय रहेकी रानाले समाजमा रहेका कुरिति कुसंस्कार, विकृति र विसंगति एवं बालिका तथा महिलामाथि भएका हिंसा, बलात्कार जस्ता घटनाविरुद्धका आन्दोलनमा अगुवाई गर्दै आएकी छिन् ।

 

# गगन थापा

# शेर वहादुर  देउवा

#नेपाली काग्रेश

#रामचन्द्र पाैडेल

 @ विश्व प्रकास शर्मा

प्रतिक्रिया