जर्बजस्ती करणी आरोपमा एक पक्राउ

जर्बजस्ती करणी आरोपमा एक पक्राउ

दैलेख : जर्बजस्ती करणी आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार नारायण नगरपालिका–६ का २१ बर्षीय राहुल सार्की पक्राउ परेका हुन् ।

गत शुक्रवार राती १० बजेको समयमा २० बर्षीया युवतीको कोठाको ढोका खोली भित्र पसेर जर्बजस्ती करणी गरेर भन्ने टेलिफोनमार्फत प्रहरीमा आएको सूचनाका आधारमा ती युवकलाई पक्राउ गरिएको डीएसपी भुवनेश्वर प्रसाद शाहले जानकारी दिए ।

पक्राउ परेका ती युवाकलाई दैलेख जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखेर थप अनुसन्धान थालेको डीएसपी शाहले बताए ।

प्रतिक्रिया