लागु औषध सहित तीन जना पक्राउ

लागु औषध सहित तीन जना पक्राउ


दैलेख : दैलेखमा लागु औषध सहित ३ जना पक्राउ परेका छन् । लागु औषधको कारोबारो भईरहेको भन्ने सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएकाे प्रहरी टाेलीले उनिहरूलाई पक्राउ गरेकाे हाे ।
प्रहरीले जिल्लाकाे नारायण नगरपालिका वडा नं. १ पुरानो बसपार्कबाट साेमवार राती साढे ११ बजे बर्दियाकाे साबिक बेलवा-७ हाल बासँगढी नगरपालिका वडा नं.२ बस्ने २६ बर्षिय बिक्रम मल्ल, बाँके कोहलपुर नगरपालिका वडा नं. १० हाईस्कुल चोक बस्ने २३ बर्षिय गणेश के.सी र २६ बर्षिय हेमन्त साँउदलाई नियन्त्रणमा लिएकाे थियाे ।
उनिहरुकाे साथबाट खैरो हेरोईन जस्तो देखीने धुलो ६९० एमजि लगाएत अन्य सामानहरू फेला परेकाे दैलेख प्रहरी प्रमुख डीएसपी भुवनेश्वर प्रसाद शाहले बताए ।
पक्राउ परेकाहरुमाथी थप अनुसन्धानको लागी १० दिन म्याद थपी हिरासतमा राखेर अनुसन्धान थालेकाे डीएसपी शाहले जानकारी दिए ।

प्रतिक्रिया