दैलेखसहित कर्णालीका सात जिल्ला खाद्य असुरक्षित

दैलेखसहित कर्णालीका सात जिल्ला खाद्य असुरक्षित

सल्यान : कर्णाली प्रदेशका दैलेखसहित सात जिल्ला खाद्य असुरक्षित रहेको पाइएको छ । कर्णाली प्रदेशका दस जिल्लामध्ये डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालिकोट, जाजरकोट र दैलेख खाद्यमा असुरक्षित देखिएका हुन् । आफ्नो उत्पादन अपुग हुनेको घरधुरीको संख्या कर्णाली प्रदेशभर ७७ दशमलव २८ प्रतिशत रहेको र वर्षभरि खान पुग्नेको संख्या ३८ प्रतिशत मात्र रहेको तथ्यांकले देखाएको छ ।

कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सोमबार सल्यानमा आयोजना गरेको प्रादेशिक कृषि विकास रणनीतिसम्बन्धी जिल्लास्तरीय सरोकारवालासँगको अन्तत्र्रिmयामा ४० प्रतिशत मानिसलाई छ महिना मात्र खान पुग्ने र बाँकीलाई तीन महिना पनि खान नपुग्ने गरेको तथ्यांक सार्वजनिक गरिएको हो ।

कृषि विकास रणनीति प्राविधिक सहयोग सुविधा योजना अनुगमन तथा मूल्याङ्कन विशेषज्ञ डा. राम वस्ताकोटीले सिँचाइको अवस्था कमजोर रहेकाले खाद्यान्न उत्पादन कम हुने गरेको बताए । उनका अनुसार खाद्यान्नको उत्पादनलाई बढाउन प्राङ्गारिक आधार स्तम्भलाई जोड दिन आवश्यक छ । लोप हुँदै गएका रैथाने बालीको उत्पादन कमी भएकाले यसलाई पनि प्राथमिकता दिनुपर्ने उनको भनाइ छ । गोरखापत्र

 

प्रतिक्रिया