१५ दिने खानेपानी तथा सरसफाई मिस्त्री तालिम सुरु

१५ दिने खानेपानी तथा सरसफाई मिस्त्री तालिम सुरु

दैलेख : दैलेखमा खानेपानी तथा सरसफाई मिस्त्री तालिम सुरु भएको छ । जिल्लाको डुङ्गेश्वर गाउँपालिका–२ लाँकुरीस्थित देउलीमा उक्त तालिम सुरु भएको हो । एकिकृत जलस्रोत व्यवस्थापन कार्यक्रम हेल्भेटास नेपालको आयोजनामा तालिम सुरु भएको हो ।तालिमको सहजिकरण सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले गरेको छ ।

तालिममा २९ जना सहभागि छन् । पाँच जिल्ला दैलेख, अछाम, कालिकोट, जाजरकोट र सुर्खेतका  गरी १४ स्थानीय तहबाट २९ जना सहभागि रहेको सोसेक नेपालका महेन्द्रराज अधिकारीले जानकारी दिए ।

पौष ७ गतेसम्म (१५ दिन) सञ्चालन हुने तालिमको बुधवार उद्घाटन गरिएको छ । डुङ्गेश्वर गाउँपालिका–२ का वडाध्यक्ष राजुकुमार खत्रीको प्रमुख आतिथ्यतामा तालिम उद्घाटन गरिएको हो । तालिम उद्घाटनका अबसरमा वडाध्यक्ष खत्रीले १५ दिनसम्म सञ्चालन हुने तालिम उपलब्धीपूर्ण हुनेमा विश्वास व्यक्त गरे ।

तालिम उद्घाटन कार्यक्रममा हेल्भेटास नेपालका क्षमता विकास विशेषज्ञ निलकण्ठ पाण्डे, वडासदस्य कृष्णा नेपाली, कुइँया देउली खानेपानी तथा सरसफाई योजनाका अध्यक्ष टंक ओली लगाएत सहभागि थिए । तालिमको प्रशिक्षकको रुपमा विज्ञान नेपाली, रामकुमार श्रेष्ठ र देव कुमार विसी रहनेछन् ।

प्रतिक्रिया