‘थप एक कार्यकाल सभापति देउवाको नेतृत्व अपरिहार्य’

‘थप एक कार्यकाल सभापति देउवाको नेतृत्व अपरिहार्य’

काठमाडौं : नेपाली काँग्रेसको संस्थापन पक्षले १४ औँ महाधिवेशनबाट पुनः शेरबहादुर देउवालाई पार्टी सभापति बनाउनु अपरिहार्य भएको ठहर गरेको छ । बुधबार प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको संस्थापन पक्षको बैठकले यस्तो ठहर गरेको नेतृ डिला सङ्ग्रौलाले जानकारी दिइन् ।

‘पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्व पुनः एक कार्यकाल नेपाली कांग्रेसका लागि अपरिहार्य भएको ठहर बैठकले गरेको छ’, नेतृ सङ्ग्रौलाले भनिन् । पार्टी सभापति देउवाको नेतृत्वमा महाधिवेशनमा जाने निर्णय भएको उनको भनाइ छ । सभापतिमा देउवाको निरन्तरता अपरिहार्य भएको ठहर गरेको बैठकले पदाधिकारी र केन्द्रीय सदस्यका आकांक्षीको व्यवस्थापनका लागि पुनः छलफल गर्ने भएको छ ।

संस्थापन पक्षबाट सहमहामन्त्री डा. प्रकाशशरण महत, गृहमन्त्री बालकृष्ण खाण, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महामन्त्रीमा लड्ने बताउँदै आएका छन् । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले यसअघि नै महामन्त्रीको आकांक्षी भएको घोषणा गरिसकेका छन् । बुधबारको छलफलमासमेत प्रवक्ता शर्माले महामन्त्रीमा आफ्नो दाबी रहेको दोहो¥याएका थिए । बूढानीलकण्ठ छलफलले संस्थापन पक्षलाई एकताबद्ध गरेर अगाडि बढ्नका निम्ति थप छलफल आवश्यक भएको ठहर गरेको सङ्ग्रौलाको भनाई छ ।

प्रतिक्रिया