लागुऔषध सहित दैलेखमा दुई जना पक्राउ

लागुऔषध सहित दैलेखमा दुई जना पक्राउ

दैलेख : दैलेखमा लागुऔषध सहित दुई जना पक्राउ परेका छन् । जिल्लाकाे नारायण नगरपालिका-९ साँडुका २५ बर्षिय टोपेन्द्र रावत र भगवतिमाई गाउँपालिका -१ बस्ने बिनय थापा पक्राउ परेकाे दैलेख प्रहरी प्रमुख डीएसपी भुवनेश्वर प्रसाद शाहले बताए ।लागुऔषध सहित पक्राउ परेका विनय थापा जिल्लाकाे भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाका छाेरा हुन् ।

दैलेखकाे नारायण नगरपालिका-९ स्थित पुरानो बजार क्षेत्रमा लागु औषधको कारोबार भईरहेकाे छ भन्ने गोप्य सुचनाको आधारमा उक्त क्षेत्रमा निगरानी गर्ने क्रममा दुवै जनालाई पक्राउ गरिएकाे हाे । पक्राउ परेका दुवै जनाकाे साथबाट २९० एमजी (पलाष्टिक बाहेककाे ताैल १३८ एमजी) ख‌ैराे हिराेइन फेला परेकाे डीएसपी शाहले जानकारी दिए ।

पक्राउ परेकामाथी थप अनुसन्धानका लागि दैलेख जिल्ला अदालतबाट १० दिनकाे म्याद थप अनुमति लिई प्रहरी हिरासतमा राखेर अनुसन्धान थालेकाे डीएसपी शाहले बताए ।

प्रतिक्रिया