राउटेबस्तीमा आगलागी, एकघरमा क्षती

राउटेबस्तीमा आगलागी, एकघरमा क्षती

दैलेख : राउटे बस्तीमा आगलागी भएको छ । सिम्ता गाउँपालिका–४ कालीखोलामा बसोबास गर्दै आएका लोपोन्मुख जाती राउटे समुलादायको बस्तीमा आगलागी भएको हो ।

कर्णालीको दैलेख, सुर्खेत, सल्यान लगाएतका जिल्लामा फिरन्ते जीवन बिताउँदै आएको लोपोन्मुख राउटे समुदायका लालबहादुर शाहीको घरमा मासु सुकाउने क्रममा आगलागी भएकोे बताईएको छ । आगलागीबाट पाल र केहि कपडाहरु जलेर नष्ट भएको छ ।

एईआएन गक्जेम्बर्गको सहयोगमा सोसेक नेपाल दैलेखद्धारा सञ्चालित राउटे परियोजनाका जोडी शिक्षक लालबहादुर खत्रीका अनुसार आगलागीबाट मानवीय क्षती भने हुन पाएन् । दिउँसको समयमा आगलागी भएका कारण ठूलो क्षती हुन नपाएको खत्रीले बताए ।

प्रतिक्रिया