भैरबीमा कृषि तथा पशु मेला प्रर्दशनी

भैरबीमा कृषि तथा पशु मेला प्रर्दशनी

दैलेख : ‘बारीबारीमा तरकारी, घरघरमा रोजगारी’ भन्ने मुल नारा सहित दैलेखको भैरबी गाउँपालिकामा कृषि तथा पशु मेला प्रर्दशनी सम्पन्न भएको छ । एईआएन लक्जेम्बर्गको आर्थिक सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले कृषि तथा पशु मेला प्रर्दशनी आयोजना गरेको थियो ।

प्रर्दशनीमा तरकारी, फलफूल र पशुपालन गर्ने ५६ जना कृषकहरुले आफुले उत्पादन गरेको तरकारी, फलफूल तथा पशु प्रर्दशनीका ल्याएका थिए । प्रर्दशनीमा तरकारी, फलफूल र पशुपालन तर्फ प्रथम, द्धितिय, तृतिय र सान्तोना हुनेलाई पुरस्कृत गरिएको सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका सहायक कार्यक्रम निर्देशक दुर्गा गिरीले बताइन् ।

उनका अनुसार प्रर्दशनीमा प्रथम, द्धितिय, तृतिय र सान्तोना बाहेकका कृषकहरुलाई समेत विशेष पुरस्कार प्रदान गरिएको थियो ।

सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका उपाध्यक्ष मञ्जु कुमारी खड्काको अध्यक्षतामा आयोजित प्रर्दशनीमा भैरबी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढा, उपाध्यक्ष पदमकुमारी विष्ट, प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगाली, विभिन्न वडाका वडाध्यक्ष, जनप्रतिनीधि, कर्मचारी तथा कृषकहरुको सहभागिता थियो ।
तस्विरहरु :

प्रतिक्रिया