दैलेखमा दलित महिला सदस्यको निधन

          |   प्रकाशित मितिः शुक्रबार, पुस २, २०७८     ::: 213 पटक पढिएको   |  

दैलेख : दैलेखको दुल्लु नगरपालिका–८ का दलित महिला वडा सदस्यको निधन भएको छ । सोहि वडा निवासी ७१ बर्षीया वडा सदस्य विस्ना सार्कीको पौष १ गते साँझ निधन भएको दुल्लु नगरपालिकाले जनाएको छ ।
नेपाली काँग्रेसको क्रियाशिल सदस्य समेत रहेकी विस्ना तत्कालीन विद्रोही पक्ष माओवादीविरुद्ध २०६१ सालमा भएको दुल्लु विद्रोहको नेतृत्वकर्ताको भूमिकामा थिईन् ।

गरप्रमुखद्वारा शोक व्यक्त

दलित महिला सदस्य विस्ना सार्कीको निधनप्रति नगरप्रमुख घनश्याम भण्डारीले शोक व्यक्त गरेको छन् । विस्नाको निधनले नगरपालिका कार्यालयलाई अपुरणीय क्षती महसुस भएको भन्दै शोक व्यक्त गरेका हुन् । साथै, शोक वक्तव्यमा  मृतात्माको चीर शान्तिको कामना सहित श्रद्धाञ्जली अर्पण गरिएको छ ।



Leave a comment

Your email address will not be published.


*