नेपाल बीउ व्यवसायी संघ कर्णाली प्रदेशको अध्यक्षमा आचार्य

नेपाल बीउ व्यवसायी संघ कर्णाली प्रदेशको अध्यक्षमा आचार्य

दैलेख : नेपाल बीउ व्यवसायी संघ कर्णाली प्रदेशको दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले अनुपम एग्रोभेट सुर्खेतका सञ्चालक श्रीप्रसाद आचार्यको अध्यक्षतामा १३ सदस्यीय कमिटी चयन गरेको छ ।

बीउ बिजनको कारोबारो गर्ने व्यवसायीहरुको छाता संगठनको रुपमा रहेको संघको उपाध्यक्षमा कृष्ण एग्रोभेट सेन्टरका कृष्णबहादुर शाही, महिला उपाध्यक्षमा प्रलाद पंगाली एग्रोभेटका सञ्चालक देवी कुमारी आचार्य, महासचिवमा समृद्धी एग्रो सोलुसन सुर्खेतका याम शर्मा, सचिवमा कर्णाली एग्रोभेटका संचालक रेशम शाही र कोषाध्यक्षमा काँक्रेविहार पोल्ट्री फिड सप्लार्यका सर्जुमा लामा रहेका छन् ।

यस्तै सदस्यहरुमा रत्न बहादुर गौतम, जितेन्द्र श्रीस, कमल प्रसाद ज्ञवाली, रुपलाल खराल, किसान पाण्डे, टिकाराम न्यौपाने र यादव प्रसाद चालिसे चयन भएको महासचिव याम शर्माले जानकारी दिए । कर्णालीका १० वटै जिल्लामा बीउ व्यवसायी संघको शाखा विस्तार गर्ने, किसान तथा व्यवसायीहरुको हितका लागी नीति निर्माणमा सहयोग गर्ने संघको योजना रहेको महासचिव शर्माको भनाई छ ।

प्रतिक्रिया