कांग्रेस महिला केन्द्रीय सदस्यतर्फ मतगणना : डिला संग्रौला, पुष्पा भुषाल र आरजु राणाको अग्रता

कांग्रेस महिला केन्द्रीय सदस्यतर्फ मतगणना : डिला संग्रौला, पुष्पा भुषाल र आरजु राणाको अग्रता

काठमाडौं : नेपाली कांग्रेसको खुल्ला महिला केन्द्रीय सदस्यतर्फको मतगणना भइरहेको छ । हालसम्म २०६५ मतगणना गरिएको छ । अहिलेसम्मको परिणाममा १२६८ मतका साथ डा. डिला संग्रौलाले अग्रता कायमै राखेकी छन् । ११९६ मतका साथ पुष्पा भुसाल दोस्रो स्थानमा छन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा १११६ मतका साथ तेस्रो स्थानमा रहेकी छिन् ।

त्यस्तै अम्बिका बस्नेत ९९८ मतसहित चौथो स्थानमा रहँदा ईश्वरी न्यौपाने ९८५ मतसहित पाँचौ स्थानमा रहेकी छिन् ।खुला महिला केन्द्रीय सदस्यतर्फ ९ जना विजयी हुनेछन् ।

२०६५ मत गणना हुँदा हेर्नुस् कसको कति

डिला १२६८
पुष्पा ११९६
आरजु १११६
अम्बिका ९९८
ईश्वरी ९८५
सरिता ९४९
रमा ८१३
शुशिला ७९४
रङंमती ७८०
अनिता ७७४

प्रतिक्रिया