बोलेरो जीप दुर्घटनामा चालक सहित ८ घाइते

बोलेरो जीप दुर्घटनामा चालक सहित ८ घाइते

तस्विर : सुवर्ण शाहीको फेसबुकवालबाट ।

दैलेख : दैलेखमा अनटेस्ट बोलेरो जीप दुर्घटना हुँदा चालक सहित ८ जना घाइते भएका छन् । दैलेख सदरमुकामबाट महाबु गाउँपालिकाको गैडाबाज तर्फ जाँदै गरेको जीप सोमवार राती ११ बजे महाबु गाउँपालिका–६ टाकुरीमा दुर्घटनामा परेको थियो ।

घाइतेहरुको दैलेख सदरमुकामस्थित दैलेख अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक इन्द्रजीत सुनारले जानकारी दिए । घाइते मध्ये एक जनाको अवस्था गम्भिर भएकोले सुर्खेत रिफर गरिएको प्रहरी निरीक्षक सुनारले जानकारी दिए । उनको टाउकोमा चोट छ । अन्यको अवस्था सामान्य रहेको उनले बताए ।

प्रतिक्रिया