नारायणकाजी श्रेष्ठलाई पनि कोरोना संक्रमण

नारायणकाजी श्रेष्ठलाई पनि कोरोना संक्रमण

काठमाडाैं : नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई पनि कोरोना संक्रमण भएको छ । श्रेष्ठको पनि पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो । उनी अहिले होम आइसोलेसनमा छन् । श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्– ‘कम्तिमा १४ दिन आइसोलेसनमा नै रहनेछु । हालसालै मसँग प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबैलाई आवश्यक सावधानी अपनाउन विनम्रतापुर्वक अनुरोध गर्दछु ।’

त्यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल स्वकीय सचिव रमेश मल्ल, वाईसिएलका इन्चार्ज रामप्रसाद सापकोटा, वाईसीएलका संयोजक सुमन देवकोटा, सुवाेध शेर्पालीलाई पनि कोरोना संक्रमण भएको छ । केहीदिन पहिले केन्द्रीय कार्यालयका कर्मचारीलाई कोरोना संक्रमण भएको थियो । केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायसहितका कर्मचारीलाई कोरोना पुष्टि भएको थियो । त्यस्तै कार्यालयका अन्य कर्मचारी यविन्द्र पराजुली, सञ्जीव थापा, विनोद थापा, अंशु थापा र शिवकुमार बस्नेतलाई संक्रमण पुष्टि भएको थियो ।

कर्मचारीलाई संक्रमण भएपछि अध्यक्ष पुष्पकमल दाहालले भेटघाटका कार्यक्रम स्थगित गरेका थिए । माओवादी केन्द्रले भर्खरै काठमाडौंमा ८औं महाधिवेशन सम्पन्न गरेको थियो । महाधिवेशनका लागि देशभरबाट प्रतिनिधि आएका थिए ।

प्रतिक्रिया