दैलेख एमाले अधिवेशन : सर्वसम्मतिको सकस, अन्ततः निर्वाचन नै

दैलेख एमाले अधिवेशन : सर्वसम्मतिको सकस, अन्ततः निर्वाचन नै

दैलेख : नेकपा (एमाले) दैलेखको ७ औँ जिल्ला अधिवेशन शुक्रवार उद्घाटन भयो । एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कार्यालयको एक्सन रूमबाट दैलेखसहित भूगोलका ६१ जिल्ला र दुई विशेष जिल्लाका अधिवेशनहरू उद्घाटन गरे । जिल्ला अधिवेशनको मुख्य एजेन्डा नयाँ नेतृत्व चयन गर्ने थियो । जिल्लाभरका एमाले नेता तथा कार्यकर्ताको बाक्लो उपस्थितीमा सुरु भएको जिल्ला अधिवेशनलाई नेतृत्व चयनमा विशेष रुपमा हेरिएको थियो । शुक्रवार उद्घाटन समारोहमात्रै सकेर बन्दसत्र नै सुरु नगरी स्थगित भयो ।

शनिवार अबेर गरी बन्दसत्र सुरु भयो । एमाले पोलिट्ब्युरो सदस्य तथा दैलेख जिल्ला इन्चार्ज लक्ष्मीप्रसाद पोखरेलको अध्यक्षतामा केन्द्रीय कमिटि सदस्य तथा सहइन्चार्जहरू राजबहादुर बुढा, विष्णु रिजाल, धर्मराज रेग्मी, मीनासिंह रखाल, सूर्यकुमारी श्रेष्ठ र कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाह रहेको अध्यक्षमण्डलले बन्दसत्र अघि बढायो । बन्दसत्रमा छैटौं जिल्ला अधिवेशनबाट निर्वाचित अध्यक्ष रवीन्द्रराज शर्माले पेश गरेको राजनीतिक प्रतिवेदन पारित ग¥यो । त्यस्तै बन्दसत्रमा पार्टीको आर्थिक प्रतिवेदन समेत पारित भयो ।

एमाले नेताहरुले उद्घाटन समारोह लगत्तै एमाले दैलेखको अध्यक्षसहित पदाधिकारी तथा जिल्ला कमिटि सदस्यहरु सर्वसम्मतिबाटै टुंग्याउन कसरत गरेका थिए । सर्वसम्मतिको प्रयासकै कारण बन्दसत्र सकिएलगत्तै सर्वसम्मतिमै पदाधिकारी र सदस्यहरुको नामावली सार्वजनिक गरेर अधिवेशन सकिनेमा एकथरीको बुझाई थियो । अधिकाँशको चाहाना पनि सर्वसम्मतिबाटै जिल्लाको नेतृत्व टुंगियोस् भन्ने नै थियो । तर, अध्यक्षसहितका पदाधिकारी तथा सदस्य पदका लागि आंकाक्षीहरु धेरै भएका कारण सर्वसम्मतिको प्रयास असफल भयो । सर्वसम्मतिको लागि एमाले केन्द्रीय कमिटि सदस्य, प्रदेश अध्यक्ष लगाएत जिल्लाका प्रमुख नेताहरुलाई सकसपूर्ण बन्यो । सर्वसम्मतिको सबै प्रयासहरु असफल भएसँगै आइतवार बिहान ११ बजेदेखि निर्वाचन पक्रिया सुरु भएको   छ ।

निर्वाचन कमिटिले आइतवार मतदाता नामावली प्रकाशन, उम्मेदवारी दर्ता लगाएतका प्रक्रिया सकेर उम्मेदवारहरुको प्रारम्भिक नामावली समेत प्रकाशन गरिसकेको छ । निर्वाचन कार्यतालिका अनुसार एमाले दैलेखको अध्यक्षसहित पदाधिकारी तथा जिल्ला कमिटि सदस्य पदका लागि आज मतदान हुने निर्वाचन कमिटिका संयोजक हिमालयजंग शाहले बताए । उनका अनुसार आज विहान १० बजेसम्म दाबी विरोध तथा उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ । ‘विहान ११ बजेभित्र उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिनेछ,’ शाहले भने ‘१ बजेबाट मतदान सुरु हुन्छ ।’

पदाधिकारीमै चुनाव

सहमती नजुटेपछि एमाले दैलेखको अध्यक्ष लगाएतका पदका लागि चुनाव हुने भएको छ । अध्यक्षसहित उपाध्यक्ष, सचिव, उपसचिव पदमा चुनाव हुने भएको हो । अध्यक्ष पदका लागि कर्णबहादुर खड्का, रविन्द्रराज शर्मा, सुर्यबहादुर शाही, सुर्यबहादुर शाही र सुशिल कुमार थापाले उम्मेदवारी दर्ता गरेका छन् । निर्वाचन तालिका अनुसार आज विहान ८ बजेसम्म कसैले पनि उम्मेदवारी फिर्ता नलिएमा गुराँस गाउँपालिकाका कर्णबहादुर खड्का, निवर्तमान जिल्ला अध्यक्ष एवं प्रतिनीधि सभा सदस्य रविन्द्रराज शर्मा, जिल्ला विकास समितिका पूर्व उपसभापति सुर्यबहादुर शाही, चामुण्डाविन्द्रासैनी नगरपालिकाका मेयर सुर्यबहादुर शाही र कर्णाली प्रदेश सदस्य सुशिल कुमार थापाबीच अध्यक्ष पदका लागि प्रतिश्पर्धा हुने देखिन्छ ।

यस्तै उपाध्यक्षका लागि खड्गराज उपाध्याय र नन्दकिशोर बस्नेतबीच चुनावी प्रतिश्पर्धा हुनेछ । दैलेखको आठबीस नगरपालिकाका मेयर समेत रहेका उपाध्याय र औधोगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष बस्नेतबीच एमाले दैलेखको उपाध्यक्षमा भीडन्त हुनेछ ।

यस्तै एमाले दैलेखको सचिव पदमा चार जनाको उम्मेदवारी परेको छ । तिलकप्रसाद रिजाल, दुर्गाप्रसाद न्यौपाने, विनिबहादुर शाही र रुद्धबहादुर शाहीले सचिव पदमा उम्मेदवारी दर्ता गरेका छन् । यी चार जनाले उम्मेदवारी फिर्ता नलिएमा चारैजनाबीच सचिव पदका लागि चुनावी प्रतिश्पर्धा हुनेछ ।
त्यसैगरी उप–सचिव पुरुषतर्फ ८ जनाको उम्मेदवारी परेको छ । गंगाराम दाहाल, चन्द्रप्रसाद दाहाल, जनक न्यौपाने, झविराज खत्री (कवी), प्रदिप खनाल, प्रेमबहादुर खड्का, विष्णुबहादुर शाही र लोकेन्द्रजंग शाहीको उम्मेदवारी परेको हो । उपसचिव महिलातर्फ कलावती न्यौपाने र लक्ष्मीकुमारी कार्कीको उम्मेदवारी परेको निर्वाचन कमिटिले जनाएको छ ।

जिल्ला कमिटि सदस्य पदका लागि खुलातर्फ ३८ जनाको उम्मेदवारी परेको छ । खुला महिलातर्फ ९ जनाको उम्मेदवारी परेको छ । जनजाती खुला सदस्यतर्फ १२ जनाको उम्मेदवारी परेको छ भने जनजाती महिलातर्फ पाँच जनाको उम्मेदवारी परेको छ । त्यसैगरी दलिततर्फको खुल्ला जिल्ला कमिटि सदस्यतर्फ १७ जनाको उम्मेदवारी परेको छ भने दलिततर्फ महिला जिल्ला कमिटि सदस्यतर्फ ११ जनाको उम्मेदवारी परेको छ ।

यी हुन् भूगोलतर्फ निर्विरोध जिल्ला कमिटि सदस्य

भूगोल तर्फबाट केहि स्थानीय तहबाट निर्विरोध निर्वाचित भएका छन् । भूगोलतर्फ दैलेखका ११ वटै स्थानीय तहबाट खुलातर्फ (पुरुष) तीन जना र दुई जना महिला जिल्ला कमिटि सदस्य निर्वाचित हुने व्यवस्था छ । सोहि अनुसार नौमूले गाउँपालिकाबाट महिला सदस्यमा गिता चन्द र मनकुमारी सिंह थापा निर्विरोध निर्वाचित भएका छन् । यस्तै खुलातर्फ (पुरुष) मा यामप्रसाद शर्मा, नामाखर शर्मा र सन्तबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन् ।

डुङ्गेश्वर गाउँपालिकाबाट महिला सदस्यमा पवित्रा न्यौपाने र विष्णुकुमारी जैसीको मात्रै उम्मेदवारी परेको छ । दुवैजना निर्विरोध निर्वाचित भएका छन् । यस्तै खुलातर्फ (पुरुष) मा राजु केसी, रुद्धबहादुर विष्ट र सुन्दरकुमार केसीको मात्रै उम्मेदवारी परेको छ । उनिहरु पनि निर्विरोध निर्वाचित भएका छन् । भगवतीमाई गाउँपालिकाबाट महिला सदस्यमा चन्द्रा रेग्मी र खगिसरा बुढाको मात्रै उम्मेदवारी परेको छ । दुवैजना निर्विरोध निर्वाचित भएका छन् । यस्तै खुलातर्फ भने ८ जनाको उम्मेदवारी परेको छ ।

उम्मेदवारहरुको प्रारम्भिक नामावली अनुसार महाबु गाउँपालिका भूगोलतर्फ दुर्गाकुमारी सिंह र भुवनसरा बडुवाल निर्विरोध निर्वाचित भएका छन् । यस्तै खुलातर्फ (पुरुष) मा भने निर्वाचन हुनेछ । भैरबी गाउँपालिका भूगोलतर्फ पनि निर्वाचन हुने देखिन्छ । यस्तै ठाटीकाँध गाउँपालिका भूगोलतर्फ पनि निर्वाचन हुने देखिन्छ ।
आठबीस नगरपालिकाको भूगोलतर्फबाट निर्वाचित हुने जिल्ला कमिटि सदस्य महिलातर्फ कल्पना थापा र राधिका शाही निर्वाचित भएका छन् । खुलातर्फ (पुरुष) मा भने निर्वाचन हुनेछ । दुल्लु नगरपालिकाबाट भूगोलतर्फको महिला जिल्ला कमिति सदस्यमा रेनुका भट्राई र निर्मला रिजाल पोखरेलको मात्रै उम्मेदवारी परेको छ । दुवै जना निर्विरोध निर्वाचित भएका छन् । खुलातर्फ (पुरुष) मा भने निर्वाचन हुनेछ ।

चामुण्डाविन्द्रासैनी नगरपालिकाबाट भूगोलतर्फ महिला र खुलातर्फ (पुरुष)मा पनि निर्वाचन हुने देखिन्छ । उम्मेदवारी दर्ता भएअनुसार नारायण नगरपालिकाबाट भूगोलतर्फबाट निर्वाचित हुने जिल्ला कमिटि सदस्य महिला र खुलातर्फ (पुरुष)मा पनि निर्वाचन हुने देखिन्छ ।
गुराँस गाउँपालिकाबाट भूगोलतर्फको महिला जिल्ला कमिति सदस्यमा लिला बिसी र शिवा खड्काको मात्रै उम्मेदवारी परेको छ । दुवै जना निर्विरोध निर्वाचित भएका छन् । खुलातर्फ (पुरुष) मा भने निर्वाचन हुनेछ ।

प्रतिक्रिया