सार्वजनिक स्थानमा २५ जनाभन्दा धेरै भेला हुन नपाइने

सार्वजनिक स्थानमा  २५ जनाभन्दा धेरै भेला हुन नपाइने

दैलेख : नेपालमा कोरोना संक्रमण र नयाँ भेरियन्ट ओमिक्रोन फैलिएको र दैलेख जिल्लामा फैलिन सक्ने अवस्थालाई मध्यजनर गर्दै स्थानीय प्रशासनले सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी व्यक्ति भेला हुन नपाउने व्यवस्था कार्यान्वयनका लागि निर्देशन दिएको छ । गृह मन्त्रालयको निर्देशन र कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को सिफारिसलाई आधार मान्दै जिल्ला प्रशासन कार्यालय दैलेखले सार्वजनिक स्थलहरुमा २५ जना भन्दा बढि भेला हुने गरी मेला, भेला तथा महोत्सबहरु आयोजना नगर्न निर्देशन जारी गरेको हो ।

जिल्ला सुरक्षा समितिको बैठकले गरेको निणर्य अनुसार सार्वजनिक स्थलमा सबै प्रकारका राजतीतिक तथा धेरै जना उपस्थित हुने गरी प्रशासनिक, सामाजिक एवं सोहि प्रकृतिकोक कार्यक्रम गर्न पाइने छैन् । प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलद्धारा जारी सूचनामा भनिएको छ ‘अत्यावश्यक नियमित कार्यक्रमहरुको हकमा स्वास्थ्यका मापदण्डहरुको पूर्ण रुपमा पालना गर्ने गरी जिल्ला प्रशासनको अनुमती लिएर मात्र गर्ने व्यवस्था मिलाउने ।’

आगामी माघ ७ गतेदेखि लागूहुने गरी सार्वजनिक स्थानहरु (कार्यालय, होटल, रेष्टुरेन्ट, सार्वजनिक यातायात बैंक तथा वित्तीय संस्था) मा प्रवेश गर्दा अनिवार्य रुपमा कोभिड विरुद्धको खोप लगाएको कार्ड देखाउनुपर्ने प्रशासनद्धारा जारी सूचनामा उल्लेख छ । कोभिड विरुद्धको कार्ड मोबाइलमा फोटो भएपनि हुनेछ । माघ ७ गतेदेखि नै सार्वजनिक सेवा प्राप्त गर्न कोभिड विरुद्धको खोप कार्ड अनिवार्य हुनेपर्ने प्रशासनले जनाएको छ ।

प्रतिक्रिया