२४ घण्टामा ३ हजार ७५ जनामा संक्रमण पुष्टि

२४ घण्टामा ३ हजार ७५ जनामा संक्रमण पुष्टि

काठमाडौँ : पछिल्लो २४ घण्टामा ३ हजार ७५ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । २७८ जना भने डिस्चार्ज भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ६९० पुगेको छ । २४ घण्टामा २ जनाको मृत्यु भएको छ भने २ लाख १४ हजार ५७ जनाले कोभिड विरुद्धको खोप लगाएका छन् ।

मंगलबार पीसीआर र एन्टिजेन विधिबाट गरिएको १५ हजार ३३ परीक्षणमा २ हजार ४४४ जनामा संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया