भूमि आयोग दैलेखको अध्यक्षमा नयराम थापा नियुक्त

भूमि आयोग दैलेखको अध्यक्षमा नयराम थापा नियुक्त

दैलेख : सरकारले २८ वटा जिल्लामा राष्ट्रिय भूमि आयोगका जिल्ला समितिहरू गठन गरेको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले शुक्रबारदेखि लागू हुने गरी २८ जिल्ला समितिका अध्यक्षहरूलाई नियुक्ति पत्र दिएको हो । सोहि अनुसार राष्ट्रिय भूमि आयोगका जिल्ला समिति दैलेखको अध्यक्षमा नयाराम थापा नियुक्त भएका छन् । नेकपा माओवादी केन्द्रका नेता समेत थापाले आयोगको जिल्ला अध्यक्षमा नियुक्ती पाएका हुन् ।

पहिलो चरणमा २८ जिल्लामा समितिका अध्यक्षहरू नियुक्त भएका सरकारका एक मन्त्रीले जानकारी दिए । मन्त्रिपरिषद्को अघिल्लो बैठकले नै त्यसबारे निर्णय गरेको थियो । तर, नियुक्तिका विषयमा सत्ता गठबन्धनसम्बद्ध दलहरूबीच भागबन्डा नमिल्दा नियुक्ति प्रक्रियामा ढिलाई भएको हो । त्यहीकारण यसबारेको निर्णय समेत सरकारले सार्वजनिक गरेको छैन ।

गठबन्धनभित्रको झमेलाकै कारण आयोग गठन भएको ४ महिनापछि बल्ल जिल्ला समिति विस्तारको काम सुरू भएको हो । आयोगले हाल २७ जिल्लामा भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा वितरण गर्ने प्रक्रिया अघि बढाएको छ । ती जिल्लाका ६८ स्थानीय तहमा जग्गा वितरण गर्ने प्रक्रिया नै अघि बढाइसकेको छ ।

सरकारले गत ३० भदौमा अध्यक्ष देवी ज्ञवाली नेतृत्वको सुकुम्बासी समस्या समाधान आयोग खारेज गर्दै राष्ट्रिय भूमि आयोग गठन गरेको थियो । आयोगको अध्यक्षमा केशव निरौला र उपाध्यक्षमा नहेन्द्र खड्का नियुक्त भएका थिए ।

  • ताप्लेजुङ – कृष्णकुमार बस्नेत
  • इलाम – भरत बहादुर खत्री
  • ओखलढुंगा – अशोककुमार कार्की
  • पाँचथर– दिनेशकुमार लावती
  • झापा– तिलकसिंह पाण्डे
  • सुनसरी– भगिरत खात्वे
  • भोजपुर – दिलकुमार राई
  • काभ्रे – हरिबहादुर केसी
  • धादिङ– कृष्णप्रसाद अर्याल
  • तनहुँ – रामचन्द्र अधिकारी
  • कास्की – गंगाप्रसाद पोखरेल
  • बागलुङ– धर्मबहादुर कुँवर
  • लमजुङ – दामोदर अधिकारी
  • रुपन्देही– हरिबहादुर आचार्य
  • अर्घाखाँची– यादव घिमिरे
  • गुल्मी– राम मल्ल ठकुरी
  • प्यूठान– इमानसिंह खड्का
  • सुर्खेत– श्रीधर पौडेल
  • दैलेख – नयराम थापा
  • डडेलधुरा– शेरबहादुर भण्डारी
  • कञ्चनपुर– देवेन्द्रराज ढुंगाना
  • उदयपुर– बलबहादुर तामाङ

प्रतिक्रिया