सहिद प्रतिको सम्झना

सहिद प्रतिको सम्झना

हरेक दिन गगनका तारा झरेर प्रकाशको पदार्पण भएसंगै मान्छेले आफ्नो दैनिकी सुरु गरेजस्तै मुलुक बन्नका लागि पनि हरेक ऐतिहासिक कालखण्डमा वीर सपुतहरुले आफ्नो भौतिक शरिर बिलिन गराएर देशको नयाँ मुहारमा प्रकाश छरेको हुन्छ । आज तिनै सपुतहरुको सम्झना र सम्मान गर्ने दिन माघ १६ गते अर्थात सहिद दिवस । परिवर्तन ल्याउनका लागि अनि भावी पुस्ता र नेपाल देशको आयाम बदल्नको लागि आफ्नो भौतिक शरिर अर्पण गर्ने ज्ञात अज्ञात सहिदहरु प्रति हार्दिक नमन व्यक्त गर्दछु ।

नेपालको ईतिहासमा वीर सहिदहरुले राणा शासन बिरुद्धमा प्रजातन्त्र बहालीको लागि सहिदको बलिदान पश्चात् २००७ सालमा भएको प्रजातन्त्र पुनः निर्दलिय व्यबस्था लगायत २०३६/४२ सालको आन्दोलन हुदै २०४६ सालमा भएको संबैधानिक राजतन्त्र अनि बहुदलीय प्रजातन्त्रको पुनस्थापना सम्म धेरै ज्ञातअज्ञात नेपाल आमाका सन्ततिहरु सहिद भएका छन । त्यस पछिको कालखण्डमा भएको सशस्त्र द्वन्द्व अनि हिंसाको फेहरिस्त लामो छ । त्यस्तै धेरै नेपालीहरु बेपत्ताको सुचिमा रहेका छन् । दोषी निर्दाेषि सबै विरगती प्राप्त व्यक्तिहरुको नामको विवरण लामो छ । यो लामो नामहरुलाई यो पेजमा उच्चारण गर्न नसके पनि तत्कालीन जनयुद्धको नाममा राज्य र युद्ध पक्षरतबाट आफ्नो भौतिक शरिरलाई आहुति दिनुहुने तमाम वीर व्यक्तित्वहरुलाई आजको दिनमा अन्तरआत्मबाट सम्झना सहित हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु ।

सशस्त्र द्धन्द्धमा ज्यान गुमाउने व्यक्तिहरु 

नेपाल प्रज्ञाप्रतिष्ठानको शब्दकोषमा उल्लेख भए अनुसार सहिद भन्नाले आफ्नो देश संस्कृतिक र अस्तित्वको संरक्षण तथा स्वतन्त्रता प्राप्तिका लागि बलिदान भएर लोक हितमा लाग्ने अमर व्यक्तिलाई बुझिन्छ । तथापि हामीले माथि उल्लेखित अनेकौं उताब चढाव हुँदै आज लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्थासम्म आउँदै गर्दा दुर्घटना भई मृत्युु भएकाहरुलाई पनि सहिद मान्नु पर्ने र तिनलाई राज्यको ढुकुटीबाट क्षतिपूर्ति दिनु पर्ने अबस्थामा गुज्रिदै छौ ।

हामीले कस्ता व्यक्तिलाई सहिद मान्नुपर्ने हो ? राज्यले स्पष्ट पार्नु पर्ने देखिन्छ । तथापि नेपालमा भएका हरेक आन्दोलनहरुको चक्रब्यूमा आफ्नो भौतिक शरिर गुमाएका वीर व्यक्तिहरुको सपना र त्यागलाई सरकारले कत्तिको साकार र मनन् गरेका छन् भन्ने कुरा नेपाली राजनीति र नेतृत्वले सोच्ने बेला आएको छ । सहिद परिवार र तिनका सदस्यहरुको अबस्था दुरदराज बस्तीहरुमा कस्तो रहेको छ ? बिचार गर्न सोचनिय छ । तथापी सहिद परिवार सदस्यको हैसियतमा सहिदको आशिषको छत्रछांया यो राज्यलाई जहिल्यै प्राप्त होस र सहिदका आसुँुहरु राज्यले पुस्न सकोस् ।

सहिदले हाम्रो लागि बलिदान दिएर दिई गएको स्वतन्त्रता यसै मार्फत प्राप्त लोकतान्त्रीक गणतन्त्रात्मक राज्य व्यबस्थाको आधारमा नयाँ नेपाल निर्माण गर्ने भुमिकामा तपाईं हामी सबै समान जिम्मेवार बनौं । स्वतन्त्रता अनि सार्वभौमिकक्ताको अनुपम अट्टाहसमा मुस्कुराईरहेको नेपाली अनुहारमा सहिदहरुको अनुहार मुस्कुराईरहेको छ । हिमाल पहाड अनि तराई सबै तिर सहिदहरुको रगतका रङहरु माटोमा मिसिएको छ । नेपाली आकाशमा उनिहरुको सपना उडिरहेको छ । अनि नेपालीको ऐतिहासिक आन्दोलनहरुमा वीर व्यक्तिहरुको निस्वार्थ बलिदान अतुलनीय छ । यसैका सम्झनाका लागि आज नेपालभर विभिन्न कार्यक्रम गरिसहिद दिवस मनाउँदै गर्दा माला र अविरका बिच सहिदहरुका तस्बिर राख्नु भन्दा पनि ईमान्दारितपुर्वक सहितका सपनाहरुलाई साकार पार्न लागिपरेमा हामी सबैको हितकर र उचित मुल्यांकन हुनेछ । धन्यबाद
वीर सहिदहरु अमर रहुँन् ।।

प्रतिक्रिया