कर्णाली सरकारले पायो पूर्णता, दैलेखका हिमबहादुर शाही बने कानुन मन्त्री

          |   प्रकाशित मितिः आइतवार, माघ २३, २०७८     ::: 145 पटक पढिएको   |  

सुर्खेत : कर्णाली प्रदेश सरकारले गठन भएको तीनमहिनापछि पूर्णता पाएको छ । जीवनबहादुर शाहीले मुख्यमन्त्रीका रुपमा कात्तिक १६ गते सपथग्रहण गरेपछि तीन महिनापछि पूर्णता दिएका हुन् । नवनियुक्त मन्त्रीहरुले आइतबार नै पद तथा गोपनियताको सपथ लिएका छन् ।

कांग्रेसबाट दुई, माओवादी केन्द्रबाट दुई र समाजवादीबाट एकजना मन्त्री नियुक्त भएका छन् । माओवादीबाट मन्त्री बनेका कार्चेन लामा मुर्ति चाेरी आरोपमा सजाय पाएका व्यक्ति हुन् । उनी गैरसांसद हुन् ।

आज कर्णाली प्रदेश सरकारमा कांग्रेसबाट यज्ञबहादुर बिसी (सामाजिक विकास मन्त्रालय) हिमबहादुर शाही (आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त भएका छन् ।

यस्तै नेकपा माओवादी केन्द्रबाट गणेशप्रसाद सिंह जलस्रोत तथा उर्जा र कार्चेन लामा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बनेका छन् ।  माओवादीबाट यसअघि विन्दमान विष्ट आर्थिक मामिला तथा योजना मन्त्री बनिसकेका  छन् । एकीकृत समाजवादीबाट पदमबहादुर रोकाया मन्त्री बनेका छन । उनलाई भौतिक, पूर्वाधार तथा सहरी विकास मन्त्रीको जिम्मेवारी दिइएको हो । समाजवादीबाट यसअघि चन्द्र बहादुर शाही भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्री बनिसकेका छन् ।



Leave a comment

Your email address will not be published.


*