सेवामुखि पत्रकारिता जरुरी : मन्त्री शाही

सेवामुखि पत्रकारिता जरुरी : मन्त्री शाही

सुर्खेत : कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री हिमबहादुर शाहीले पत्रकारहरु सेवा मुखी हुनुपर्ने बताएका छन् । संचार क्षेत्रमा कार्यरत पत्रकार तथा सञ्चारकर्मीहरुले व्यक्तिगत र दलिय स्वार्थबाट टाढा रहेर सत्य र तथ्यमा आधारित समाचार सम्प्रेषण गर्नुपर्नेमा मन्त्री शाहीको जोड छ ।

वी इनस्पाएर नेपालको आयोजनामा भएको दुई दिने मिडिया साक्षात्कार तालिमको समापन कार्यक्रममा मन्त्री शाहीले पत्रकार भनेको राष्ट्रको चौथों अंग भएकोले कर्णाली प्रदेश सरकाले सम्पुर्ण पत्रकारहरुको हकहितको लागि वृहत छलफल गरेर कर्णाली प्रदेश आमसंचार प्रतिष्ठान गठन गर्ने प्रतिवद्धता जनाए ।

मन्त्री शाहीले कर्णाली प्रदेशमा रहेका सम्पुर्ण चुनौतीहरुलाई सामना गरेर कर्णाली बासीलाई समुन्नत यात्रामा लिनको लागि कर्णाली प्रदेश सरकार तयार रहेको दाबी गरे ।

प्रतिक्रिया