इन्सेक दैलेख जिल्ला प्रतिनीधि अमर सुनार पुरस्कृत

इन्सेक दैलेख जिल्ला प्रतिनीधि अमर सुनार पुरस्कृत

दैलेख : अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का दैलेख जिल्ला प्रतिनीधि अमर सुनार पुरस्कृत भएका छन् । इन्सेकद्वारा सुर्खेतमा आयोजित नेपाल मानव अधिकार वर्ष पुस्तक सार्वजनिक कार्यक्रमका अबसरमा सुनारलाई पुरस्कृत गरिएको हो ।

इन्सेकको मानव अधिकार वर्ष पुस्तकका लागि कर्णाली प्रदेश स्तरमा मानव अधिकार उलंघन र ज्यादतीका घटनाको अनुगमन तथा अभिलेखीकरणमा उल्लेख्य काम गरेको भन्दै सुनारलाई ७ हजार नगद, दोसल्ला र प्रमाणपत्रसहित पुरस्कृत गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि उच्च अदालत सुर्खेतका कायममुकायम मुख्य न्यायाधीश शेषराज सिवाकोटीले उक्त पुस्कार हस्तान्तरण गरेका हुन् । पुरस्कृत सुनार २७ वर्षदेखि दैलेखमा सक्रिय पत्रकारिता गर्दै आएका छन् । २०५२ मा रासस प्रतिनिधिको रुपमा औपचारिक पत्रकारिता सुरु गरेका पत्रकार सुनार इन्सेक र उज्यालो रेडियो नेटवर्कसंग सम्वद्ध    छन् ।

प्रतिक्रिया